मनोरंजनसंसार डटकम
सन २०१६ मा दुई हिट फिल्म दिएका अक्षय कुमार तेस्रो फिल्म ‘रुस्तम’ को तयारीमा छन् । अक्षय गर्वका साथ भन्छन् ‘मेरो फिल्मले थोरै मुनाफा कमाउला तर, असफल हुदैन’ ।
बलिउड त्यस्तो ठाउा हो, अक्षय कुमार बाहेकका सुपरस्टार वर्षमा एउटा फिल्ममा काम गर्छन् र २०० वा ३०० करोडको कारोवारको अपेक्षा राख्छन् । तर, अक्षय वर्षमा ३/४ वटा फिल्ममा काम गर्छन् ।
करिब ४० करोडमा बनेको अक्षय कुमारको फिल्म एअरलिफ्टले १०० करोड बढी कमायो । ८५ करोडमा बनेको हाउसफुल-३ ले १०० करोड बढी कमायो ।
रुस्तमकै सन्दर्भमा संवाददाताहरुले सोधेको प्रश्नको जवाफ दिादै अक्षयले आफुले सानो बजेटको फिल्ममा काम गरेको स्वीकारे । रुस्तम २६ करोडमा बनेको भन्दै उनले निर्माताले नाफा कमाउन नसकेपनि घाटा नहुने दाबी गरे ।
कमेडी गम्भीर, सामाजिक र देशभक्तिले भरिएको फिल्ममा काम गरेका अक्षय कुमार आफ्नो फिल्म भूल भुलैयापछि फेरि हरर कमेडी फिल्ममा काम गर्न चाहन्छन् । उनी भन्छन् ‘मलाई हरर फिल्म निकै मन पर्छ’ ।
एक समय उनको १४ वटा फिल्म असफल भएको थियो । सोही समय उनले धेरै सिकेको बताए ।
रुस्तममा अक्षयले नेवी अफसरको भुमिका निर्वाह गरेका छन् । टिनु देसाइ निर्देशित यस फिल्ममा इलियाना डिक्रुज र इशा गुप्ताको मुख्य भुमिका रहेको छ । आउदो १२ अगस्तमा फिल्म रिलिज हुने भएको छ ।