झरनाको ‘ए मेरो हजुर २’ मा साम्राज्ञीसँगै सलोन पक्का

मनोरंजनसंसार डटकम
अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर २’ को लागी यसअघी ‘ड्रिम्स’ गर्ल साम्राज्ञी शाह अनुबन्ध भईकेकी थिईन् ।
लिड अभिनेता को रहने भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन् । तर एक अभिनेतामा भने सलोन बस्नेत फाईनल भएका छन् ।
हालसम्म फिल्ममा साम्राज्ञी र सलोन मात्रै कलाकारमा फाईनल भएको बुझिएको छ । अर्को लिड कलाकारमा नयाँ अनुहारलाई ल्याईने बुझिएको छ ।
पछिल्लो फिल्म ‘गाजलु’बाट निकै तारिफ भेटेका सलोन युवा पुस्तामाझ लोकप्रिय मानिन्छन् । एसके फिल्मस् को व्यानरमा बन्ने फिल्मको लागी केहि हप्ता पहिले लोकेशन हण्टिङको लागी झरनासहितको टोली मोफसल पुगेको थियो ।
फिल्म कहिलेबाट प्लोरमा जाने बारे जानकारी गराईएको छैन् । सुनिलकुमार थापा फिल्मका निर्माता हुन् ।

Leave a Reply