Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
‘सोल सिस्टर’बाट निर्मात्री बनेकी अभिनेत्री नम्रता श्रेष्ठले उक्त फिल्मबाट आफू स्वयंम सन्तुष्ट नभएको खुलासा गरेकी छन्। उनका अनुसार जस्तो फिल्म बन्ला भनेर सोचिएको थियो, त्यस्तो नबनेकाले सन्तुष्ट नभएको बताइन्।
namrata-shrestha
‘त्यो फिल्मको नतिजा मलाई नै चित्त बुझेन्। मैले जस्तो सोचेको थिएँ, फिल्म त्यस्तो बनेन। नम्रताको फिल्म भनेपछि दर्शकमा एउटा अपेक्षा हुन्छ।
उहाँहरूलाई मैले फिल्म गर्दा मेहेनत गर्छु भन्ने छ। म पनि सकेसम्म राम्रो बनोस् भनेर काम गरिरहेकी हुन्छु। दर्शकहरू पनि त्यस्तै आशा लिएर फिल्म हेर्न आउनुहुन्छ। त्यत्रो पैसा तिरेर मेरो फिल्म हेरेपछि ‘ए! यो पनि यस्तै’ भन्ने भएपछि मैले फिल्म बनाएको कुनै अर्थै भएन नि।’
‘सानो संसार’बाट नेपाली फिल्ममा डेब्यू गरेकी नम्रता आगामी फिल्ममा ‘सोल सिस्टर’को जस्तो नियति नदोहोर्‍याउनेमा आफू सजग छिन्। उनले त्यही सजगताका त्यसैले गोपीकृष्णसँग मिलेर नयाँ फिल्म निर्माण गर्ने भनेर घोषणा गरेको फिल्म गर्न नहतारिएको बताइन्।
‘बिचमा म क्लासिक फिल्ममा व्यस्त भएँ। त्यो फिल्म बन्छ। हामी अहिले स्क्रिप्टमा काम गर्दैछौं। स्क्रिप्टमा चित्त बुझ्दो बनेपछि काम सुरू गर्छौ’
तत्काल कुनै फिल्ममा अनुबन्धित नभएकी नम्रताले कुनै ‘ड्रिम रोल’ दिमागमा राखेकी छैनन्।
namrata-shrestha
‘मलाई पृथक खालको, यस्तै भूमिका गरूँ भन्दा पनि निर्वाह गर्ने चरित्रलाई न्याय गर्न सकूँ त्यसमा ध्यान छ। सधैं ‘मौन’, ‘क्लासिक’मा जस्तो फरक गर्नुपर्छ भन्ने छैन्। फिल्ममा प्रस्तुति कस्तो हुन्छ, त्यसमा भर पर्छ। कलाकारका हिसाबमा धेरै भन्दा धेरै चरित्र निभाउन चहाना त सधैं भइ नै हाल्छ।’
नम्रताले आफ्नो करियरको समिक्षा नगरेको पनि खुलाइन्। उनका अनुसार त्यो बेला अझ आइसकेको छैन्। उनी १० वर्ष पछि मात्र त्यसको सम्भावना रहेको देख्छिन्। उनको विचारमा अहिले नै फिल्म यात्राका बारेमा समिक्षा गर्नु हतारो हुन्छ।
namrata-shrestha
‘म अहिले सिक्ने क्रम मै छु। अहिले नै समिक्षा गर्न थाल्यो भने त्यो त्यतै अड्किन सक्छ। अहिले काम गर्दै जाँउ। जून दिन मलाई लाग्नेछ अब त्यो बेला आयो, त्यो अवश्य नै गर्नेछु।’
अभिनय हुँदै फिल्म निर्माता बनिसकेकी नम्रताको कुनै दिन दर्शकहरूको अगाडी निर्देशकका रूपमा आउने योजना पनि छ।
‘मलाई रूचि छ। मलाई फिल्म क्षेत्र मै रहिरहने मन छ। म त्यसैले यसका अरू कामहरू सिकिरहेकी छु। यो जहिले पनि मेरो रूचिको विषय हो। तर कहिले, कुन दिन भन्ने योजना त अहिले मसँग छैन्।’

%d bloggers like this: