Tue. Apr 30th, 2024

बलिउडमा अहिले एउटा कुराले चर्चा पाइरहेको छ कि बलिउडमा चर्चित गायक हनिसिंहलाई बलिउडका सुपरस्टार शाहरुख खानलले थप्पड हानेका थिए । धेरैले यस कुरालाई हो भनेका छन् भने धेरैले बक्वास समेत भनेका छन् । तर बलिउडमा यसको व्यापक चर्चा हुन थालेपछि हनिकी श्रीमति शालीनीले शाहरुखले हनिलाई थप्पड नहानेको बयान दिएकी छिन । यो कुरा विल्कुलै अफवाह रहेको उनले बताइन । वास्तवमा हनि सिंह कैयौ दिनदेखि बिरामी रहेको र अहिले कुनै काम समेत नगरिरहेको भन्दै उनले सफाई दिएकी छिन् । उनले आफ्नो सिंगिंग रियलिटी शो इंडियाज राँ स्टारबाट पनि टाढा छन ।

5666हनि सिंहको गैर उपस्थितिको कारण यस्तो अफवाह उड्ने गरेको कि शाहरुखले उनलाई थप्पड हानेको हो । शालीनीले भनिन कि यो सबै बकवास हो, र यो कुरा सबैलाई थाहा छ कि शाहरुख खान हनिलाई कान्छो भाई जस्तै माया गर्दछन । शाहरुखले फिल्म हैप्पी न्यू ईयरको प्रमोशनका लागि सलाम द टुर गरेका थिए । यसै टुरको क्रममा फिल्मसंग जुडेको पुरै समय दुवै साथ थिए । हनि सिंह पनि टुरको साथै थिए तर चोटको कारण उनलाई टुर छाडेर जानु प¥यो । त्यसपछि हनि सिंह फिल्मको कुनै पनि प्रमोशन इवेंटमा उपस्थित भएन । शालीनीले भनीन हनिलाई हाई ब्लडप्रेशरले कठिनाई अधिक भएको थियो । चिकित्सकले उनलाई लामो टुरमा नजान पनि भनेका थिए, तर पनि उनी टुरमा गए । उनले किंग खानसंग यसका लागि वाचा गरेका थिए तर उनको बदनीयत विग्रेर उनको शरिरले सिंहलाई साथ नदिएका कारण उनी आराम गर्दै छन् ।

%d bloggers like this: