चर्चित गायक सुगम पोखरेल को छोरी एन्जेलिजा पोखरेलले आफ्नो सङितिक यात्रा सुरुवात गरेकी छिन । मलाइ उड्न देउ बोलको गीत मार्फत उनले नेपाली सांगीतिक यात्रा सुरु गरेकी हुन् ।
करिब ५ बर्ष अघि नै रेकर्ड भएको यो गीत को भिडियो भने एन्जेलिजाको जन्मदिनको अवसर पारेर जन्मदिन भन्दा केहि दिन अघि सार्बजनिक भएको छ ।
यति बेला सांगीतिक कार्यक्रमको लागि अमेरिका रहेका सुगम ले आफ्नै यु टुब च्यानल बाट यो गीत सार्बजनिक गरेका छन् ।
संग्रह श्वेत हंशिनी मा समाबेश रहेको गीतमा शब्द तथा संगीत सुगम पोखरेलको रहेको छ भने संगीत संयोजन शैलेन्द्र प्रधान (बाबु ) को रहेको छ। संग्रह चाडै नै निक्लिने तयारी भइरहेको साथै यसै संग्रहमै छोरिले गाएको अर्को गीत सरस्वती बन्दना पनि सुन्न सक्नुहुने जानकारी पनि सुगमले दिएका छन्। छोरि को पहिलो प्रयास लाइ दर्शक तथा श्रोताले मन पारिदिनु हुने छ भन्ने आशा पनि गायक सुगम ले राखेका छन् ।
भिडियो लाइ अनिल के मानन्धरले निर्देशन गरेका छन् । छायांकन पनि आफै ले गरेका अनिलले यो भिडियो मा केहि फरक पन दिन खोजेको बताए । गीतमा सुनिल छेत्री को कोडीयोग्राफी रहेको छ भने सम्पादन शिलन लम्साल को रहेको छ ।