आगामी वैशाख २१ मा प्रदर्शनको तयारी गरेको खगेन्द्र लामिछानेको नयाँ फिल्म ‘डमरूको डण्डीबियो’को पहिलो शुक्रबार रिलिज भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण टिमले ‘तितेपाती, तितेपाती’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको पहिलो गीतमा मुख्य कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान अनुप बराल, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतलाई फिचरिङ गरिएको छ । कालिप्रसाद बाँस्कोटाको संगीत तथा स्वर रहेको गीतमा संगीतकार बास्कोटा, एकतारे र हरी साउदको शब्द छ ।
खगेन्द्र लामिछानेकै कथा रहेको फिल्ममा छेतेन गुरुङको निर्देशन छ भने विनोद गुरुङले निर्माण गरेका हुन् । फिल्मको सम्पादन निमेश श्रेष्ठ र प्रितम पाण्डेको छ भने हरि हुमागाइँको छ ।
