Mon. Feb 24th, 2025

चलचित्र “सायद”को सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र “सायद २”को यहि आउदो मे १४ मा जापानको राजधानी टोकियोमा निर्माण पक्षेले बिशेष प्रदर्शनी अर्थात् ग्रयाण्ड प्रिमिएर शो को आयोजना गर्ने भएको छ ।चलचित्रका निर्माता सुनिल रावलले दिएको जानकारी अनुसार उक्त बिशेष प्रदर्शनी शो को लागि सम्पूर्ण तयारी सकिसकेको छ ।यसै गरि प्राप्त जानकारी अनुसार बहुप्रतिक्षित चलचित्र सायद २ को टोकियो स्थित नाकानो जिरो हलमा प्रिमिएर शो आयोजना गरिने छ । उक्त प्रिमिएर शो मा सहभागी हुनको लागि चलचित्रका निर्माता सुनिल रावल , प्रस्तोता दुर्गिश थापा , अभिनेता सुशील श्रेष्ठको साथमा पत्रकार श्याम अर्याल र सचित खड्का समेत मे १० मा जापान जाने कुरा तय भएको छ । असार ३० गते देखि देशभर देखि प्रदर्शनमा आउन लागेको चलचित्रको नेपालमा मात्र होइन बिदेशमा समेत यति बेला खुबै चर्चा छ ।
अधिकतम सफलता हासिल गरेको चलचित्र “सायद” को सिक्वेलको रुपमा निर्माण गरिएको चलचित्र “सायद २” ले अहिलेको युवा पुस्ताको ताजा कथा बोल्छ । यस्तै युवा पुस्ताको अहिलेको समस्या र समाधानको साथमा सबैलाई केहि गहकिलो संदेश समेत चलचित्रले प्रदान गर्ने निर्माण पक्षेको दाबी रहेको छ ।दुर्गिश फिल्म्सको ब्यानरद्वारा निर्मित चलचित्रमा सुशिल श्रेष्ठ , श्यारोन श्रेष्ठ , अमृत ढुंगाना , सोभित बस्नेत , कुशल पाण्डे , सुनिल रावल , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा सुनिल रावलको कथा , राजु विक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने सुनिल रावल , इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् ।

Leave a Reply