“पुरानो डुंगा” को दोस्रो गीत “माझी” रिलिज संगै उपत्यका बाहिरको प्रोमोशन टुर सुरु

मनोरंजनसंसार डटकम
अहिलेको मोस्ट वेटेड चलचित्रको सुचिमा सबैभन्दा माथि रहेको चलचित्र “पुरानो डुंगा” ले आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ | “माझी” बोलको यस गीतमा शब्द संगीत तथा स्वर कालीप्रसाद बास्कोटाको रहेको छ | गीतमा चलचित्रका केहि मार्मिक दृश्यहरुको मिश्रण गरिएको छ | गीतको दौरान प्रयोग भएका शब्दहरुले धेरै दर्शकहरुको मन छुने सम्भावना देखिन्छ | दुख र बेदनाको कथालाई गीतमा निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ | चलचित्रले यो भन्दा अगाडी आफ्नो टिजर , ट्रेलर र पहिलो गीत सार्वजनिक गरिसकेको छ | चलचित्रको सार्वजनिक पहिलो “निर जैले रिसाउने” बोलको गीतलाई अहिले २ महिनाको अन्तरालमा युटुबमा मात्रै करिब ५० लाख दर्शकहरुले अबलोकन गरिसकेका छन् | त्यस्तै उक्त गीतले अहिले सम्मको कबर डान्सको रेकर्ड समेत तोडिसकेको छ | यो बर्षको नेपालीहरुको दशैं र तिहार उक्त गीतमा गुञ्जियो | अहिले सार्वजनिक भएको गीतले पनि धेरै दर्शकहरुको मन छुने आशा तथा विश्वास निर्माण टिमले ब्यक्त गरेको छ |
purano-dunga
purano-dunga
अहिले अधिकांश दर्शकहरुलाई मंसिर १० गतेको पर्खाई रहेको छ | देशभर चलचित्र “पुरानो डुंगा” को प्रचार प्रसार निकै तिब्र हुदै गईरहेको छ | सहरमा मात्र नभएर गाउगाउमा चलचित्रको चर्चा भईरहेको छ | यसरि अहिले देशमा मात्र नभएर बिदेशमा समेत भैरहेको चलचित्रको चर्चा परिचर्चाले चलचित्रले नेपाली चलचित्र जगतमा छुट्टै किसिमको नया इतिहास रच्ने अनुमान सबैले लगाउन थालिसकेका छन् | चलचित्रमा समावेश कथा वस्तु र गीत संगीत चलचित्रको बलियो पक्षे मान्न सकिन्छ | चलचित्रमा रहेका कलाकारहरुको अभिनय पनि उत्तिकै उत्कृष्ट मान्न सकिन्छ |
purano-dunga
purano-dunga
चलचित्रमा नेपाली समाजको वास्तविक कथा वस्तुलाई केन्द्र बिन्दु बनाईएको छ | एउटा साधारण परिवारमा आइपर्ने सानो समस्याले पनि त्यस परिवारलाई कति सम्म असर पर्न सक्दछ र सम्बन्ध कति सम्म कमजोर भएर जान सक्छ भन्ने अन्य धेरै कुराहरुको मिश्रण यस चलचित्रमा गरिएको छ | चलचित्रले नेपालमा मात्र नभएर बिदेशमा समेत आफ्नो प्रदर्शन गर्नेभएको छ | निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्र नोभेम्बर २५ देखि अस्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुदै छ भने डिसम्बर देखि कोरिया , जापान , होङ्गकोङ्ग , युके लगाएतका देशहरुमा प्रदर्शन हुदैछ | अहिले चलचित्रको युनिट प्रचार प्रसारको लागि उपत्यका बाहिर टुरमा गएको छ | त्यसै गरि चलचित्र निकै राम्रो बनेको र चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्देशक रामबाबु गुरुङले ब्यक्त गर्नुभएको छ | यसै गरि उहाले चलचित्र “पुरानो डुंगा” सम्पूर्ण नेपालीहरुको चलचित्र भएको हुनाले सम्पूर्ण दर्शकहरुलाई मंसिर १० गते चलचित्र हेर्न हलसम्म आइदिनुहुन हृदय देखि हार्दिक अनुरोध समेत गरेका छन् |
purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
purano-dunga
हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

Leave a Reply