Wed. Jan 22nd, 2025

मनोरंजनसंसार डटकम
नेपाली दर्शकहरुको धेरै लामो समयको पर्खाई अब सकिएको छ | भर्खरै केहि समय अगाडी मात्रै अहिलेको मोस्ट वेटेड चलचित्र “पुरानो डुंगा” को ट्रेलर सार्वजनिक गरिएको छ | चलचित्रले केहि महिना अगाडी मात्रै आफ्नो पहिलो टिजर स्वरुप चलचित्रको पहिलो गीत “निर जैले रिसाउने” को भिडियो र अडियो सार्वजनिक गरेर नेपाली सम्पूर्ण दर्शकहरुको माझमा उच्च स्थान बनाइसकेको छ | चलचित्रको ट्रेलर कस्तो हुने हो भन्ने जिज्ञासा सबै नेपाली दर्शकहरु माझ रहेको थियो जुन भखरै देखि सकिएको छ |
purano-dunga
चलचित्रको सार्वजनिक ट्रेलरमा हामी नायक दयाहाङ्ग राईलाई उनको पछिल्लो चलचित्र भन्दा केहि फरक भूमिकामा देख्न सक्दछौ | चलचित्रको ट्रेलर निकै रोमान्चक हिसाबमा तयार गरिएको छ | सार्वजनिक ट्रेलरको अनुसार चलचित्रले एउटा परिवारको निकै गहकिलो कहानी बोल्दछ | दुई भाईको अंश बंडाको कथामा केन्द्रित रहेको चलचित्रमा रमाइलोको धेरै खुराकहरु दर्शकहरुको लागि मिश्रण गरिएको देखिन्छ | चलचित्रको ट्रेलर हेर्दा चलचित्रले धेरै दर्शकहरुको मनमा राज गर्ने अनुमान हामी सजिलै लगाउन सक्दछौ | पारिवारिक कथामा घेरिएर तयार भएको यस चलचित्रबाट भरपुर मनोरंजनको साथमा धेरै कुराको संदेश समेत पाउन सकिनेछ | नेपाली सामाजिक वास्तविकतामा निकट रहेर नेपाली पन र मौलिकताको समेत सुन्दर चित्रण हामी यस चलचित्रमा देख्न सक्दछौ |
purano-dunga
चलचित्रको यो पहिलो ट्रेलरले दर्शकहरुलाई धेरै हद सम्म खुशीको अनुभूति बनाउनेछ | चलचित्रको पहिलो गीत “निर जैले रिसाउने” ले नेपाली चलचित्र क्षत्रको गीत संगीतको अहिले सम्मको सबै रेकर्ड ब्रेक गरिसकेको छ | यो बेलामा यसरी चलचित्रको ट्रेलर सार्वजनिक हुनुले नेपाली सम्पूर्ण दर्शक माझमा खुसीको माहोल तयार भएको छ | चलचित्र मंसिर १० गते देखि नेपाल अधिराज्य भरिको सम्पूर्ण हलहरुबाट एकै साथ प्रदर्शनमा आउदै छ |
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
purano-dunga
हेर्नुस ट्रेलर :

हेर्नुस टिजर :

हेर्नुस अडियो गीत :

Leave a Reply