Thu. Feb 6th, 2025

मनोरंजनसंसार डटकम
kabali
भारतमा अभिनेता रजनीकान्तप्रति फ्यानहरूको ‘क्रेज’ पहिले जस्तो थियो अझ पनि उस्तै छ। उनको त्यो क्रेज अमेरिकामा पनि उस्तै रहेको देखिएको छ।
kabali
शुक्रबारबाट संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको उनी अभिनित ‘कबाली’ को टिकट बिक्रीको रफ्तारले यसलाई पुष्टी गरेको हो। अमेरिकामा फिल्मको टिकट बिक्री खुल्ला भएको २ घण्टामा ‘कबाली’का सम्पूर्ण टिकटबिक्री भएको भारतिय संचारमाध्यमले जनाएका छन्।
Rajinikanth-in-Kabali-Movie-2016
फिल्म भारतमा करिब ४०० पर्दामा रिलिज हुँदैंछ। रजनीका डायस्पोराका फ्यानहरू अमेरिकामा मात्र नभएर जापान, मलेसिया लगायतका देशमा पनि उस्तै छन्। शुक्रबार रिलिज हुने ‘कबाली’ उनको चालिस वर्ष लामो फिल्म करियरको १५९ फिल्म हो।
kabali
‘कबाली’मा उनी मलेसियामा बस्ने तमिलहरूको भलाइमा काम गर्ने डनको भूमिकामा रहेका छन्। फिल्मी हिन्दीका साथमा मलाया भाषामा पनि रिलिज हुँदैछ।
हेर्नुस टिजर :