मनोरंजनसंसार डटकम
हालै ‘दंगल’को सुटिङ सकेका आमिर खान आगामी फिल्ममा संगीतकारको भूमिकामा देखिने चर्चा चलेको छ। ‘सेक्रेट सुपरस्टार’ नामको फिल्ममा उनी संगीतकार बन्ने चर्चा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यसो त, केही समयअघि सेक्रेट सुपरस्टारलाई आमिर आफैंले निर्देशन गर्ने बताइएको थियो। झनै अघिचाहिँ आमिर संगीतकार बन्न लागेको र उक्त फिल्मलाई उनका म्यानेजर अद्वैत चन्दनले निर्देशन गर्ने समाचार बाहिरएको थियो। तर, त्यतिबेला उक्त फिल्मको नाम तय भइसकेको थिएन।
अहिलेको समाचार अनुसार सेक्रेट सुपरस्टारलाई आमिरले नभई सहयोगी चन्दनले निर्देशन गर्नेछन् र अामिर यसै फिल्ममा संगीतकारकाे भूमिकामा देखिनेछन्।
बताइएअनुसार आमिर सेक्रेट सुपरस्टारमा मुख्य भूमिकामा हुनेछैनन्। कथामा आमा र उनका बच्चा केन्द्रीय चरित्रमा रहनेछन्। आमिरले उनै बच्चालाई संगीत सिकाउनेछन्। संगीतप्रधान हुने फिल्ममा अमित त्रिवेदीको संगीत रहनेछ।
निर्देशन होस् या अभिनय, पटकपटकका चर्चाले दंगलपछि आमिरको नयाँ प्रोजेक्ट सेक्रेट सुपरस्टार नै हुने बलियो सम्भावना भने देखाएको छ।
