मनोरंजनसंसार डटकम
नाम र फिल्म भित्र रहेका दृश्यलाई लिएर विवादित बनेको ‘उडता पंजाब’ फिल्मलाई भारतको सेन्सर बोर्डले १३ दृश्यमा कैची चलाउँदै ‘ए’ सर्टिफिकेट दिदैं प्रसारण अनुमति दिएको छ। सेन्सर वोर्डसँग चर्को विवाद भएपछि फिल्मका निर्माता एवम निर्देशकले बोर्ड विरूद्ध बम्बे हाइकोर्टमा मुद्दा दायर गरेका थिए।
बोर्डेले ९० दृश्यमा कैचि चलाउनु पर्ने र फिल्मको नामबाट ‘फजाब’ शब्द हटाउनुपर्ने आडान राखेको थियो जसलाई निर्माताले ठाडै अस्विकार गरेका थिए। बम्बे हाइकोर्टमा दायर भएको मुद्दामा आज सोमबार फैसाला आउने अनुमान गरिएको छ। यसअघिको सुनवाइमा अदालतले सेन्सरको काम फिल्मका दृश्य काट्ने नभइ प्रमाणिकरण गर्ने भएको बताएको थियो।
अदालतको यस्तो भनाइपछि बोर्ड फिल्म जाँचपास गर्न दबाबमा परेको थियो। सेन्सरले सुनिवाइ अघ फैसला गर्नुमा यसले प्रमूख कारण खेलेको बताइन्छ।
