Sun. Feb 23rd, 2025

अभिषेक बच्चनले ‘हेराफेरी ३’ छाडेको घोषणा गरेका छन्। ‘हेराफेरी ३’का बारेमा सोधिएपछि उनले यस्तो बताएका हुन्।
‘म त्यो फिल्म अब गर्ने छैन्’, उनले भने। फिल्म बन्ने कुरा अघि नबढेकाले नगर्ने भएको जनाएका छन्।
abhishek-john
निरज बोराको निर्देशनमा फिल्म बन्ने घोषणा एक वर्ष अगाडी नै भएको थियो भने जुनबाट सुटिङ् हुने तय भएको थियो। विभिन्न कारणले फिल्म स्थगित भएको बताइन्छ। फिल्ममा अभिषेकका अलावा जोन अब्राहम, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्ने बताइएको थियो।
अभिषेक अगाडी फिल्ममा अक्षय कुमार थिए तर विविध कारणले अक्षयले फिल्म छाडेका थिए। फिल्म सन् २००६ को ‘फिर हेराफेरी’को सिक्वलका रूपमा निर्माण हुन थालेको थियो।