Mon. Feb 24th, 2025

बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै समय  ड्रिपेसनको सिकार भएकी थिइन। अहिले उनी ड्रिपेसनमुक्त भएकी छन्। एक पछि अर्को हिट फिल्मका अभिनय गरिरहेकी दीपिकाले अब ड्रिपेसनबाट पीडित  बनेकालाई  सघाउने भएकी छन्।  उनले त्यसका लागि एक संस्था नै खोलेकी छन्। ‘लिभ लफ लाइफ‘ संस्था मार्च २१ तारिखदेखि सुरु हुनेछ।
deepikdeepika_padukone_hot_photoshoot_2101130123_04
संस्थामार्फत उनले ड्रिपेसन भएकालाई परामर्श दिने बताइएको छ। एक पछि अर्को गरी लगातार सफल चलचित्रमा अभिनय गरेकी दीपिकाले आफूमा डिप्रेशनको समस्या रहेको बताएपछि सबै अचम्ममा परेका थिए । डिप्रेशनको समस्यालाई पनि मानसिक रोगको शंज्ञा दिने गरेको भन्दै संस्थाले सचेतनामुलक कार्यक्रम पनि चलाउने दीपिकाले बताएकी छन् ।