Mon. Feb 24th, 2025

बलिउड फिल्ममा सफल जोडीको रुपमा कहलिएका शाहरुख खान र काजोल फेरी एकसाथ पर्दामा देखिने भएका छन् । हाल मात्रै उनीहरुले २० बर्ष अघि अभिनय गरेको चलचित्र दिलवाले दुल्हनियाँ ले जाएङ्गे पुन प्रदर्शनमा आएको छ । रोहित शेट्टीको आगामी फिल्म दिलवालेमा शाहरुख र काजोल मुख्य भुमिकामा रहने निर्देशक शेट्ठीले जानकारी दिए ।

ddlj

फिल्म दिलवालेको मुख्य भूमिकामा शाहरुख र काजोल हुनेछन्। सहायक भूमिकामा वरुण धवन र कृति सैनन देखिनेछन्। फिल्ममा कबिर बेदी तथा विनोद खन्नाको भूमिका पनि महत्वपूर्ण हुने बताइएको छ। फिल्म रिलिजका लागि रोहितले २५ डिसेम्बरको तारिख छानेका छन्। फिल्मको सुटिङका छिटै मुम्बइमा सुरु हुने उनले बताए। जुनदेखि शाहरुख र काजोल सुटिङमा सहभागी हुनेछन्।