नेपालको सामाजिक तथा राजनितिक कुसँस्कार, भ्रष्टाचार र कुथितिका विरुद्द हाँस्यव्यङ्यात्मक देउसी(भैलो गर्न चर्चित रहेको ‘सिस्नुपानी नेपाल’ले राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा फागुन २५ गते देखी ३० गतेसम्म ‘सिस्नुपानी राष्ट्रिय सतर्कता हाँस्यव्यङ्ग्य यात्रा ३’ नामक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा ती जिल्लाहरूमा स्थानीय सरकारी अधिकारीहरू, कर्मचारीहरू, सञ्चारकर्मी, सामाजिक अगुवा तथा कार्यकर्ताहरू, शिक्षक–प्राध्यापकहरू, विद्यार्थीहरू, राजनीतिकर्मीहरू र विभिन्न क्षेत्रका सर्वसाधारणहरूको सहभागिता हुने सिस्नुपानी नेपालले जनाएको छ।
स्थानिय संयोजकहरुको संयोजकोत्वमा हुने कार्यक्रममा मनोज गजुरेल, अर्जुन पराजुली, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्षी, टंक आचार्य, शिशिर योगी, कमलीकान्त भेटवाल तथा स्थानिय कलाकारहरुले प्रस्तुति दिनेछन। सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेबाट जारी प्रेस विज्ञप्तिमा पाँचथर, धनकुटा, उदयपुर, सिन्धुली तथा काभ्रे जिल्लामा प्रस्तुति दिने भनिएको छ। यस अघि सिस्नुपानीले यस्ता दुई हाँस्यव्यङ्ग्य यात्रा कार्यक्रम गरिसकेको छ ।