Mon. Feb 24th, 2025

कोकाकोला नेपाली तारा ३ को उपाधी प्रताप लामाले हात पारेका छन् । आज शुक्रबार आर्मी अफिसर क्लबमा भएको ग्रान्ड फिनालेमा लामाले सुरेश लामा र देवेश राईलाई पछि पार्दै उपाधी चुमेका हुन। उपाधीसँगै लामाले २ लाख पचास हजार नगदसहित बजाज डिस्कोभर मोटरसाइकल पनि पाएका छन् । प्रतियोगिताको  फस्ट रनरअप देवेश राई बनेका छन्।
pratab lama
सुरेश लामा सेकेण्ड रनअप बनेका छन्। भदौ १७ देखि धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुँदै राजधानी काठमाडौँसम्म विभिन्न चरणमा गरी अन्तिम तीन जना प्रतिश्पर्धी छानिएका थिए। कोका–कोला नेपाली तारा ३ ले उत्कृष्ट तीन प्रतियोगीहरु सुरेस लामा, प्रताप लामा र देबेस राईलाई अन्तिम प्रतिस्द्र्यीको रुपमा जर्जहरुले उभ्याएको थियो र त्यसबाट कोका–कोला नेपाली तारा ३ को उपाधी प्रताप लामाले हात पारेका छन् ।