नेपाल सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ । सूचना तथा संचारमन्त्री डा। मिनेन्द्र रिजालले शुक्रबार आयोजना भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । मन्त्री रिजालले भने-‘आज म तपाइहरुलाई एउटा खुशीको कुरा सुनाउँदैछु । सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ ।’ सरकारले चलचित्र नीति पारित गरेपछि अब यस अनुसार ऐन बनाउनुपर्छ र त्यसलाई संसदले पारित गर्नुपर्छ ।
सरकारले नीत पारित गरेपछि अब ऐन बनाउने बाटो खुलेको छ । मन्त्री रिजालले राष्ट्रिय चलचित्र नीति पारित भएपछि चलचित्र क्षेत्रलाई विभिन्न कोणबाट फाइदा हुने विश्वास व्यक्त गरे । उनले विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न सजिलो हुने, सबै भाषाका चलचित्र सहज रुपमा नेपाली हलमा चल्ने प्रावधान हुने, नेपालमा प्रशारण हुने सबै विज्ञापनमा नेपाली कलाकार नै खेल्न पाउने लगायतका फाइदा हुने जानकारी दिएका छन् ।