सर्लाही— मंलगवाको जिल्ला नापी कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि नै सेवाग्राही लाइनमा थिए। ११ बज्नु अघि नै कर्मचारीहरु आ-आफ्नो फाँटमा पुगिसकेका थिए। नापी अधिकृत नागेन्द्र राय नापीको काउन्टरभन्दा १० मिटर परको कुर्सीमा थिए।
११:४५ बज्दै थियो। नापी कार्यालय ढल्ला झै गरी विस्फोटनको आवाज आयो। काउन्टर नजिकै सेवाग्राही बस्नलाई बेञ्च टुक्रा टुक्रा भयो। त्यही बेञ्च मुनि बिस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ। घटनामा १२ जना घाइते भए।
६ जनालाई उपचारका लागि भरतपुर लगिएको छ। गौरीशंकर महतोलाई काठमाडौं लगिएको छ। घटनास्थलमा अखिल तराई मुक्ति मोर्चाको पर्चाको पुरानो मितिको पर्चा भेटिएको छ। हिंसा र त्रासका लागि बिस्फोट गराइएको हुनसक्ने प्रारम्भिक निष्कर्ष सुरक्षा निकायले गरेको छ। नागरिकन्युजकर्मी सन्तोष सिंहको फोटो फिचर हेर्नुहोस्