ब्राको गजबको विज्ञापन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुस र भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले विपरीत विचारको प्रतिनिधित्व गर्छन्। बुस पुँजीवादका संरक्षक हुन् भने चाभेज समाजवादका प्रतीक। यस्तै फरक छ, बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर र कम्युनिस्ट अभियन्ता चे ग्वेभारा अथवा पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र क्युबाली नेता फिडेल क्यास्ट्रोबीच। यी विपरीत धु्रवका प्राणीलाई एकैठाउँ ल्याउनु असम्भव कार्य हो। तर, ब्राजिलको एउटा ब्रा कम्पनीले ब्राको विज्ञापनमा उनीहरूलाई सँगै ल्याएको छ।
ब्राजिलियन ब्रान्ड …होप’को विज्ञापनमा मोडलका दुई स्तनको ठाउँमा विपरीत ध्रुवका नेताको तस्बिर राखिएको छ। अत्यन्त सिर्जनात्मक लाग्ने विज्ञापनको तल लेखिएको छ, …दायाँ र बायाँ एकैठाउँमा।’ यस्तै विवादास्पद तथा सिर्जनशील विज्ञापनका लागि …होप’ ब्रान्ड ब्राजिलमा प्रसिद्ध छ।

Back To Top