Sat. Apr 20th, 2024

दिल कुमार प्यासीको प्रस्तुति रहेको चलचित्र ” किन गरे माया ” अब प्रदर्शनको तयारीमा रहेको छ | चलचित्रको सम्पूर्ण काम अन्तिम चरणमा पुगिसकेको कुरा चलचित्रका निर्माता दिल कुमार प्यासीले बताएका छन् |
kina gare maya
चलचित्रका निर्देशक रमेश बोगटी हुन् | बिगतमा लामो समय देखि चलचित्रमा फोटोग्राफरको काम गरेका उनि पहिलो पल्ट निर्देशन तर्फ़ अगाडी सरेका हुन |
आफुले बिगतमा लामो समय देखि चलचित्र क्षेत्रमा काम गरेको अनुभवलाई यस चलचित्र मार्फत प्रस्तुत गर्ने प्रयास गरेको कुरा पनि उनले जानकारी दिएका छन् |
kina-gare-maya
चलचित्रमा आफुले निकै नै मेहेनत गरेको र चलचित्र धेरै नै राम्रो बनेको कुरामा पनि उनि बिस्वस्त छन् | चलचित्रको कथा बस्तु र गीत संगीत निकै नै राम्रो रहेको कुरा पनि उनले बताए | चलचित्रमा सबै नया कलाकारको प्रस्तुति रहे पनि आफुले चलचित्रलाई पुरानै सैलीमा प्रस्तुत गर्ने प्रयास गरेको कुरा पनि निर्देशक बोगटीले प्रस्ट पारे |
vlcsnap-2016-05-13-19h39m00s217
आफुले नया कलाकार लिएर चलचित्र बनाएर कुनै गल्ति नगरेको कुरामा आफु दुक्क रहेको कुरा निर्माता दिल कुमार प्यासीले बताए | चलचित्रले सबै दर्शकको मन जित्ने कुरामा उनि निकै नै आशावादी छन् |
vlcsnap-2016-05-13-19h38m42s41
चलचित्र ” किन गरे माया ” यही आउदो जेठ १४ गतेबाट देशभरका लगभग ७० भन्दा धेरै हलहरुबाट प्रदर्शनमा आउदै छ |

%d bloggers like this: