Fri. Mar 29th, 2024

पाठकहरु माझ निकैनै चर्चित पुस्तक ‘जिवन काँडा कि फूल’ अब स्रोताहरुले सन्न पनि सक्ने भएका छन् । जन्मजातनै मानिस शारीरिक रुपमा असक्त झमक घिमिरेद्धारा लिखित  ‘जिवन काँडा कि फूल’ अक्षर चिन्न नसक्ने श्रोताहरुलाई विषेश लक्षित गदैं अडियो बजारमा ल्याइएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका विच यो अडियोको विमोचन गरिएको छ । साहित्यकार वैरागी काँइलाले उक्त अडियोको विमोचन गरेका थिए । ‘मदन पुरस्कार’ समेत प्राप्त गरेको यो पुस्तक जस्तैं अडियोलाई पनि स्रोताहरुले मन पराउने लेखिका झमकले कार्यक्रममा बताएकी छिन् ।

jamak

सोहि कार्यक्रममा झमकलाई नगद १ लाखको चेक समेत सूर्य नेपालको तर्फबाट हस्तान्तरण गरिएको थियो । यो एल्बमसँग सूर्य नेपाल प्रालीले सहकार्य गरेको छ । यो कृतिलाई खगेन्द्र नेपालीले अडियोमा प्रस्तुत गरेका हुन् । अग्रेजी, ताइवान लगायतका भाषमा अनुवाद गरिसकिएको यो कृति छिट्टै हिन्दी र जर्मनमा पनि अनुवाद गर्ने तयारी भइरहेको साहित्यकार डाक्टर गोविन्द भट्टराइले जानकारी दिए । यो पुस्तक झमकको यथार्थ घटनामा आधारित छ । वाल्यकाल देखी हालसम्मको अबस्थालाई झमकले पुस्तकमार्फत उतारेकी छिन् ।

%d bloggers like this: