चलचित्र बलिदान दशै फुलपातीमै रिलिज , यो साता भित्र ट्रेलर रिलिज हुदै

Loading

काठमाडौं । यो बहुप्रतिक्षित सिनेमा ‘बलिदान’को प्रचार यही हप्ताबाट सुरु हुने भएको छ । गत भदौ २३ गतेबाट नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनले देशभरका सिनेमा हल बन्द भएपछि प्रदर्शन मिति घोषणा भैसकेका सिनेमा रिलिज समेत अन्यौल बनेको थियो ।

हिजो शनिबारबाट देशको अवस्था विस्तारै सामान्य बन्दै गएपछि सिनेमा निर्माता पनि घोषित मिति मै सिनेमा रिलिज गर्न तयार भएका छन् । गत भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अभिमन्यु र आगामी शुक्रबार असोज ३ गते संविधान दिवसबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को रिलिज पोस्टपोण्ड भएको छ ।

आगामी दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेका तीन वटै सिनेमा घोषित मिति मै प्रदर्शनमा आउने जानकार यी निर्माताले आफ्ना समाजिक सञ्जालबाट जानकारी दिएका छन् । हिजो शनिबार सिनेमाका निर्माता सन्तोष सेनले फेसबुकमा स्टाटस लेख्दै यही हप्ता ‘बलिदान’को ट्रेलर सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिए ।

निर्देशक सेनले लेखेका छन्, ‘बलिदान’ ट्रेलरले कतीसम्म मातृभूमि प्रेमीको खुन उमाल्छ भन्ने सिमा छैन् । यो दशैंमा ज्यान बलिदान ।’ गत हप्ता सिनेमामा समावेश सुजन चापागाईंको स्वरमा पहिलो गीत ‘आमा’ रिलिजको तयारी निर्माण टिमको थियो । तर, देशमा आइपरेको विषम परिस्थितिलाई मध्य नजर गर्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।

सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *