Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
दुर्गिश फिल्म्सको प्रस्तुतिमा “लाउरे” नामक चलचित्र निर्माणको घोषणा त केहि समय अगाडी भएको सबैलाई थाहा नै छ । चलचित्रको निर्देशकको जिम्मा पनि निगम श्रेष्ठलाई केहि समय अगाडी दिइसकिएको छ । यसै गरि फेरी अहिले चलचित्रको बारेमा अर्को खबर बाहिर आएको छ । चलचित्रको नायकमा अहिलेका चर्चित र आस्था व्याण्डका गायक नरेन लिम्बुलाई अनुबन्दित गरिएको छ । चलचित्रका निर्माता सुनिल रावलले नरेन लिम्बु संग यसको लागि अग्रिमेन्ट गरेका छन् जसको तस्बिर समेत बाहिर सार्वजनिक भएको छ । गायक नरेन लिम्बुको फ्यानहरुको लागि भने यो पक्कै पनि यो ठुलो खुशीको कुरा हो कि अब सबैले उनलाई पर्दामा नायकको रुपमा हेर्न पाउनु हुनेछ । गायिकाको जादुले नेपाली गीत संगीतमा स्थापित भईसकेका नरेन लिम्बुले चलचित्र क्षत्रमा के कस्तो जादु देखाउने हो त्यो हेर्न भने केहि समय सबैले पर्खिनै पर्ने हुन्छ । तर पनि उनले आफुले चलचित्रमा सक्दो मेहेनत गर्ने र आफ्नो अभिनयबाट दर्शकहरुलाई खुशी दिलाउने प्रयास गर्ने प्रतिबध्ता उनले जाहेर गरेका छन् ।
निर्माणको लागि तयारी अवस्थामा रहेको चलचित्र “लाउरे” को कलाकारहरुको पनि छनोट भईसकेको छ । निर्माण पक्षेको अनुसार चलचित्रमा विक्रम सिंह , नरेन लिम्बु , मिरूना मगर , सृष्टि श्रेष्ठ , सुमन चित्रकार लगाएतका कलाकारहरुको मुख्य अभिनय रहने छ । चलचित्रमा आलोक शुक्लाको छायांकन र जेशन कुँवर ‘नाइट व्याण्ड’ को संगीत रहने छ । यस्तै चलचित्रका निर्माता तर्फ भने सुनिल रावल , सुवास लामिछाने , ईश्वर श्रेष्ठ र तुफान गौचन रहेका छन् । चलचित्र यहि चैत्र १५ गते देखि छायांकनमा जाने कुरा समेत निर्माण पक्षेले जानकारी दिएको छ । यस्तै चलचित्रको काठमाण्डौं, धरान र दार्जलिङ लगाएतका स्थानहरुमा छायांकन हुनेछ ।
यो भन्दा अगाडी “सायद” , “होस्टल” , “होस्टल रिटर्नस” , “सायद २” लगाएतका चलचित्रका निर्माण गरिसकेका निर्माता सुनिल रावलको “लाउरे” पाँचौ चलचित्र हो । उनि निर्माता मात्र नभएर एक कुशल कलाकार समेत हुन् । आफ्नो पछिल्लो चलचित्र जस्तै यस चलचित्रमा समेत उनले खुब मेहेनत गर्ने र यस चलचित्रलाई पनि दर्शकहरुले मनपराईदिनु हुने विश्वास उनले राखेका छन् ।

Leave a Reply

%d bloggers like this: