
‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक, दयाहाङ र अर्पणको दुश्मनी
काठमाडौं / आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको अर्जुन सुवेदी निर्देशित चलचित्र ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारु युवतीको रुपमा चित्रित छिन् ।…