पृथ्वी गोलो नभइदिएको भए…
‘पृथ्वी गोलो छ, जहाँ पुगेपनि बाँचिएछ भने भेट हुन्छ,’ नौ वर्षअघि उनले यस्तै भनेकी थिइन् । आज पनि याद छ, फिल्म कलाकारको पिकनिकमा उनकै उमेरकी दौतरीसँग आएकी थिइन् उनी । म पत्रकारिताका बाह्रखरी सिक्दै थिएँ त्यतिबेला ।
‘पृथ्वी गोलो छ, जहाँ पुगेपनि बाँचिएछ भने भेट हुन्छ,’ नौ वर्षअघि उनले यस्तै भनेकी थिइन् । आज पनि याद छ, फिल्म कलाकारको पिकनिकमा उनकै उमेरकी दौतरीसँग आएकी थिइन् उनी । म पत्रकारिताका बाह्रखरी सिक्दै थिएँ त्यतिबेला ।
बाउको एकबुँदे रटान थियो– तँ सेकेन लप्टन हुनुपर्छ ।
मेरो एकबुँदे रटान थियो– म मरिगए सिपाही हुन्नँ ।
भात खाँदाखाँदै म बीचमै उठिदिन्थेँ । रछ्यानमा हात चुठिरहँदा म सुन्थेँ, बाउ आमालाई भनिरहेका हुन्थे– ‘तेरो छोरोजस्तो घमन्डी मान्छे संसाराँ कोई छैन ।
भर्खरै सम्पन्न स्कुल स्टार को उपाधी महिला तर्फ सेन्ट मेिरज स्कुलकि योन्जना गुरुङले जितेकी छिन । तैसै गरी पुरुष तर्फको उपाधी लिटल एन्जल स्कुल क सबिन कर्कीले जितेका छन ।
रुबी राणा , सुनिल रावल , सबिन श्रेष्ठ , संगीता श्रेष्ठ र सबिना कर्की को निर्णायक मन्डल बाट बिजेता चनिएको हुन ।
मान्छेका रुचि र चाहना पनि नसक्नुकै हुन्छन्। आफ्नै रहर देखेर चकित हुन्छु म। हिन्दु धर्मको लक्ष्मण रेखाभित्र जन्मिएकी मलाई बुद्ध धर्मप्रति असाध्यै चाख लाग्छ। आनी बन्ने रहरले मलाई कुत्कुत्याइरहेको छ। अपसोच, म सधैँ विडम्बनाको खाडलमा खस्न पुग्छु। ‘आनी’ को त के कुरा, मलाई बुद्ध धर्मको ‘ब’ पनि उच्चारण गर्ने अनुमति छैन। मेरो परिवार कट्टर हिन्दु। मेरो हजुरआमा वैष्णव, बाआमा कृष्ण प्रणामी, मामामाइजु ओम शान्ति, ठूली आमा साईभक्त।
फेसबुक साइनआउट गरेर सुत्ने तरर्खरमा थिएँ, फ्रेन्ड रिक्वेस्टमा पिलिक्क रातो देखियो । एकछिन त आ होस् भोली हेरौंला जस्तो लागेको थियो तर मनले मानेन । नाम र तस्विर हेरेको मन भरंग भयो । अचेल फेक अकाउन्टबाट पनि त्यत्तिकै रिक्वेस्ट आउँछन् त्यसैले ध्यान दिनुपर्छ जस्तो लागेर कन्फर्म गर्नुअघि पूरै प्रोफाइल चेक गरें, तस्बिर हेरें । सब ठिकठाक छ । एड गरियो ।
बेरोजगार बनेर परदेशिएका मजस्ता युवाका लागि आफ्ना मान्छेसँग जोडिने सेतु बनेको फेसबुक । फेसबुकमा मन परेको मान्छे वा आफन्तलाई एड गर्नु भनेका एकै घरको फ्ल्याटमा बसाइँ सर्नुजत्तिकै लाग्छ प्रदेशमा । उसलाई फेसबुकमा एड गरेपछि निकै मन पराएको हिरोइन मेरै घरको तल्लो फ्ल्याटमा बसाइँ सरेजस्तै लाग्यो मलाई । अनलाइन थिई तर बोलाउने आँट गर्नै सकिनँ ।
मुम्बई, (एजेन्सी) । बलिउडका डान्सिङ हीरो ऋतिक रोशनको जीन्दगीको आधा हिस्सा उनकी प्यारी पत्नी सुजेनमा अढिएको छ । भन्निछ, ऋतिक सुजेनविना केही पनि सोच्नै सक्दैनन् । हरेक निर्णयको अधिकार उनले सुजेनलाई सुम्पेका छन् ।
एक दिन सफारी कोट लगाएर बागबजारमा हिड्दै थिएँ, एउटा अपरिचितले नमस्कार ग¥यो । नमस्कार फर्काएर चिनिनँ भनें । उसले भन्यो, ‘ म टियुमा पढ्ने काभ्रेको फलानो क्या त नेताज्यू, अस्ति पार्टी कार्यालयमा भेट भएको थियो नि !’ मैले नेता होइन, भनेर वास्तविक परिचय दिएपछि हेरेकोहे¥यै भयो ।
माइत जान नपाउनुको पीडा, दाजुभाइ नहुनुका पीर, माइती टाढा हुनुको कष्ट र दौँतरी माइती आँगनमा भेला हुन पाउनुका खुसी साट्ने उपयुक्त माहोल तीज थियो । सबै महिलाले गीतको माध्यमबाट आफ्ना दुःख बिसाउँथे र खुसी साट्थे । भगवान् शिवको प्रार्थना गरेर आफ्नो पतिको दीर्घायुको कामना गर्थे वा उपयुक्त वर प्राप्त गर्ने आशा व्यक्त गर्थे (यो बेग्लै कुरा हो कि यसमा कुनै वैज्ञानिकता छैन) । ती कुरा पनि तीजका गीतमा भक्तिरसबाट व्यक्त हुन्थे । यतिबेला अति शृंगारिक (जो केबल यौनसँग जोडिएको छ र जसले अभिव्यक्तिको सस्तो शैली अख्तियार गरेको छ) र ‘वीर’ रसका तीजे भाकाको वर्चस्व छ । गीतमार्फत कि ‘पोइ’ खोजिदिन शिवलाई घुर्की लाउँछन् कि त बैँसले उन्मुक्त तरुनीहरू छिल्लिरहेका छन् ।
रातको आठ बज्ने पाँच मिनेट मात्रै बाँकी थियो। एउटा साथैसँग शेर्पा मलमा कफी खाएर गफिदा समय घर्किसकेको थियो। घर जाने माइक्रो नपाउने डरले मन आत्तिएको थियो। बाटो छेकेर आँखा जुधाइरहेका युवायुवती देखेर रिस उठ्यो। …अलि कुनामा गएर मन लागेजति हेर्नु नि, बाटै छेक्नुपर्छ,’ मसिनो स्वरमा भुत्भुताएँ।