चलचित्र ‘जनै हराएको मान्छे : देशभरका हलमा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा आज हलमा दर्शकको चाप सुखद देखिएको छ । हिजो तीजको बिदा परेकाले हलमा दर्शकको चाप राम्रो देखिएको हो ।

निर्माणपक्षले आज देशभरका हलमा दर्शकको बाक्लो उपस्थिति रहेको जनाएको छ । बिहानैबाट हलमा दर्शकको बाक्लो चाप देखिएको निर्माणपक्षको दाबी छ ।

राजधानी काठमाडौंदेखि विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको निर्माणपक्षले जनाएको छ । परिवारसहित हलमा दर्शक आइरहेको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।

“परिवारसहित दर्शक हलमा बिहानैदेखि आइरहनु भएको छ । अपराह्नपछि दर्शकको संख्या थप बढ्न देखिएको छ,” उनले बताए ।

शुक्रबारबाट रिलिज भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हलमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ ।

चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै उत्कृष्ट वर्ड अफ माउथ पाएको छ । सामाजिक सञ्जालमा दर्शकले लेखेका प्रतिक्रियाबाट फिल्मले भावनात्मक प्रभाव पारेको स्पष्ट देखिन्छ । पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जिन्दगीको कथासँग रिलेट गरिरहेका छन् ।

फिल्म हेरेपछि धेरैले यसलाई आफ्नै जीवनसँग जोडेको प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले सिनेमाले भावुक बनाएको बताएका छन् । कतिपय दर्शक त हलमै रोइरहेका भिडियोहरू आइरहेका छन् ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।

नयाँ चलचित्र ‘कन्यादान’ बन्ने, विधवाको जीवनमा दोस्रो अवसरको कथा

काठमाडौं – यसअघि ‘रङ्गेली’ चलचित्र निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ।

चलचित्रको सार ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ।

यसको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन्। चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ। चलचित्र निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ।

चलचित्रको प्रस्तुत कर्तामा रेजिना बिस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन्।

यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बनेका भएता पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ। घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ। पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्बिरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ।

काठमाडौं – यसअघि ‘रङ्गेली’ चलचित्र निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ।

चलचित्रको सार ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ।

यसको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले मिलेर गरेका हुन्। चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ। चलचित्र निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ।

चलचित्रको प्रस्तुत कर्तामा रेजिना बिस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन्।

यसअघि ‘कन्यादान’ शीर्षकमा चलचित्र बनेका भएता पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ। घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ। पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्बिरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ।

अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङ स्टारर प्रतिक्षित फिल्म ‘जेरी अन टप’ टिजर रिलिज |

काठमाडौं । असोज ३१   गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पहिलो चल प्रचार सामग्री रिलिज गर्‍यो ।

कार्यक्रममा प्रमुख कलाकारहरू अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसीता गुरुङसँगै हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, उषा खड्गी मिडियाको केन्द्रमा रहे । निर्देशक सुयोग गुरुङले सम्पूर्ण टिमको अथक मेहनतको नतिजा दर्शकसामु ल्याउन लागेको भन्दै साथको अपेक्षा राखे।

सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रीत छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।

फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागतमा तयार यो फिल्मलाई यो वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।
तस्वीर: सुरेन्द्र थापा

‘जनै हराएको मान्छे ‘ सम्वन्धका धागाहरु को बुकिगं खुल्ला । भदौ ६ गते प्रर्दशनमा आउने

चलचित्र जनै हराएको मान्छे को बुकिगं खुल्ला भएको छ चलचित्रले चलचित्र बिकास बोर्ड बाट युनिभर्सल सर्टीफिकेट प्राप्त गरेको छ । चलचित्र अब बच्चा देखी बुढा सम्म ले परीवार सबैले हेर्न पाउने गरी सर्टीफिकेट दिएको छ । सबै तिर बाट तारीफ पाई रहेको मर्म स्पर्सी फिल्म जनै हराएको मान्छे भदौ ६ गते बाट हल हलमा लाग्दै छ । जब आफ्नै पहिचान हराउँछ, उसले सम्बन्धहरु कसरी जोगाउला ? एउटा बाटो, दुई गन्तव्य, र तीन अल्झिएका भाग्य । उसले रोज्नु पर्नेछ – साथमा रहेको प्रेम वा पर्खाइमा बसेको जिम्मेवारी ? हरेक निर्णयले सम्बन्धको धागोलाई कि त बलियो बनाउँछ, कि त चुँडाल्छ यस्तै यस्तै पारीवारीक कथा मा बनेको चलचित्र मा विजय बराल, केकी अधिकारी र मिरुना मगरको जीवन्त अभिनयले सजिएको चलचित्र “जनै हराएको मान्छे”रहेको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्र भदौ ६ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महर्जन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन्

शुक्रवार रिलिज हुने नेपाली चलचित्र महाभोजको अग्रिम टिकट बुकिङ खुला

शुक्रवार रिलिज हुने नेपाली चलचित्र महाभोजको अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई यो चलचित्रले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो चलचित्र धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् । ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

विराज भट्ट पछी फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल

माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज फिल्मको टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको निर्माणपक्षले बताएको छ ।

सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । यो फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन् ।

सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’

फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।

फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल

काठमाडौँ । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल भित्रिएका छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई भित्र्याएको हो । फिल्ममा उनी अभिनेत्री साम्राज्ञी एलआर शाहको जोडीको रूपमा देखिनेछन् । फिल्मका शाह केही अगाडि भित्रिएका थिए ।
काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछन्, त्यो भने सस्पेन्स नै राखिएको छ । भदौबाट सुटिङ थालिने ‘जदौ’ को अन्य कलाकार–प्राविधिक छिट्टै टुङ्गो लगाइनेछ बताइन्छ । फिल्ममा मुकुनसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धित भएकी छन् ।

सिल्भर स्क्रिन र सम्मिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ति तामाङ छन् । श्याम तामाङले खिच्ने फिल्मको गीतमा बाबुल गिरीको सङ्गीत अनि बुद्धि माझीको निर्माण व्यवस्थापन रहनेछ ।

फिल्म २०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विमला भण्डारीले जानकारी दिइन् ।

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक,३० वर्ष पहिले र अहिलेको पुस्ता बीचको रोचक प्रेमकथा

काठमाडौं ।

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ ।

ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ ।

 

कमल बुढाथोकी को प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक ९आयुष०को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्टर, आकाश मगरको गीत संगीत एरेन्ज, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन अनि लोकप्रिय गायक रामचन्द्र काफ्लेको गायन रहेको छ ।

यो टेलिसिरियल यही जेठ ३१ गते शनिबार ७ बजे ओएसआर डिजिटल युट्युवमार्फत पहिलो भाग सार्वजनिक हुने र प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शहरूले ‘वाचा वन्धन’ हेर्न सक्ने निर्माणपक्षले जनाएको छ । वनिरहेका अन्य टेलिसियल भन्दा उत्कृष्ट र फरक रहेको दावी गरिएको यो सिरियलमा अन्य कलाकारहरूमा प्रेमदेव गिरि, सविन वास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि, प्रशान्त मगरलगायत दुई दर्जन नयाँ पुराना कलाकारहरू रहेका छन् । ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरीबाङको रमणिय दृश्यहरूमा यो टेलिसिरियल छायाकंन गरियको छ । भिडीयो सहित

फिल्म ‘कल्ली’को फस्टलुक ,नायक सौगात मल्ल बाघसँग देखिए

फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ ।

यस्तै, सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोष्टरले फिल्मका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नािजर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्मको दुई पोष्टरले दर्शकको उत्सुकता र प्रतीक्षा अझै बढाउने निश्चित छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रा।लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा कल्ली तयार भएको छ ।

 

चलचित्र ‘बलिदान’को दुइ पोस्टरमा,सौगात मल्लको लुक्स सार्वजनिक

नेपाली चलचित्र उद्योगमा व्यापक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।

एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ । अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन् ।


सौगात मल्ल नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय कलाका लागि परिचित छन् र उनका हरेक नयाँ भूमिकालाई दर्शकले निकै चासोका साथ हेर्ने गर्छन् । ‘बलिदान’ मा उनको यो फरक र शक्तिशाली गेटअपले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ । ‘बलिदान’लाई चाडपर्वको माहौलमा दर्शकहरूका लागि एउटा उत्कृष्ट मनोरञ्जनको खुराकको रूपमा हेरिएको छ ।

यसअघि ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि(टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए । सो प्रि(टिजर नेपालसहित नेपालीहरूको बसोबास रहेका दर्जन बढी देशहरूमा युट्युब ट्रेन्डिङमा आएको थियो ।

आसुसेन फिल्म्स् प्रा।लि। को प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।