सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन आउन लागेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ ।

सिनेमाका तीन मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड गीतमा दानबहादुर कार्कीको शब्द रचना र दीपक शर्माको संगीत छ । लोक लयमा आधारित गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोमा प्रकाश र स्वस्तिमाले आकर्षक नृत्य गरेका छन् । माया–प्रेम र नोकझोंकको वरिपरि घुमेको गीतको भिडियोमा आकर्षण र असहमतिको द्वन्द्व देखिन्छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । सिनेमामा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । चोरको छवि बनाएको यो पात्रको भावनात्मक पाटो सिनेमामा देखाइएको अभिनेता आचार्यले गीत रिलिज कार्यक्रममा बताए ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो सिनेमामा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।

भिडियो

‘कुमारी’ घोषणामा टुँडिखेलमा प्रत्यक्ष गाइएको गीत ‘कहाँ छौ’ युट्युबमा रिलिज

काठमाडौं – दुई दिन अघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ। चलचित्र घोषणाको लागि नै उक्त गीतलाई ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो। यो गीत ‘कुमारी’ चलचित्रको एक प्रमुख गीत हो। गीतलाई चलचित्रको डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा यही चलचित्रबाट पार्श्व गायनमा डेब्यु गरेका गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ।

यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’जस्ता हिट प्रेमकथाका फिल्म निर्देशन गरेका थिए भने पछिल्ला वर्षमा ‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक मुद्दा उठाउने चलचित्र निर्देशन गरेका दिनेश राउतले ‘कुमारी’को निर्देशन गर्दैछन्। मङ्गलवारबाट छायाङ्कन सुरु हुने यो चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले अभिनय गर्नेछन्। दुवै कलाकारले यही चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गरेका हुन्। चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।

‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेम सह निर्माता रहेको छ। निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, र छायाङ्कन निर्देशक सुसन प्रजापति रहेका छन्।

यस चलचित्रमा चार वटा गीत समावेश हुनेछन्। अन्य गीतमा गीतमा केहर सिंह लिम्बुको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’सँगै प्रशान्त सिवाकोटीले सङ्गीत गर्नेछन् भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

यो चलचित्र यसै वर्ष भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स हुनेछ भने काठमाडौं उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन्।

भिडियो: https://youtu.be/pRWRb_GHx9k

सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक

 काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ ।

सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई सिनेमाको नामझै हर्षित भावमा अर्थात मिठो मुस्कानमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ भने नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई नाचिरहेको-रमाइरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ । यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ । सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ । यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन् ।

डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी- जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ । यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन ।

निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन्।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमामा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको

‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा

काठमाडौं – यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ।

‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ। यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं – दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।

फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।

फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ।”

चलचित्रलाई ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। चलचित्रलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्। यसै गरी, साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्गी शाहीले गरेका छन्, र राम लाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिन्छ। विशेष गरी एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ। नयाँ निर्देशक र फरक कथा शैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ।

यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा चलचित्र निर्माताका लागि ठुलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

दिनेश राउतको प्रेम कथानक ‘कुमारी’ घोषणा, अबिशेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा

काठमाडौं – निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो।

कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे। ‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्। यद्यपि, उनले हालसालै ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्र पनि निर्देशन गरेका छन्। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए। निर्देशक राउतले ‘कुमारी’को निर्माण ‘पुजार सार्की’ चलचित्रभन्दा अगाडि नै थालेका थिए, तर विविध कारणले अहिले छायाङ्कनमा जान लागेको हो। ‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ।

यसका निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्। चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ। चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नेछन्। केहरले सबै गीतमा स्वर दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। सार्वजनिक पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका हुन्।

चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले बताएको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछन्। सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्।

चलचित्रमा सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ। चलचित्रमा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। मिडिया तथा पब्लिसिटी एक्जिक्युटिभ जीवन पराजुली, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, प्रोडक्सन म्यानेजर मनोज जोशी, प्रोडक्सन कन्ट्रोलर विदुर मानन्धर र सुदीप ढकाल, मेकअप आर्टिस्ट समारा जोशी, हेयर स्टाइलिस्ट सरस्वती श्रेष्ठ रहेका छन् भने तर्कराज न्यौपाने, राजेश राज गिरी र आयुष दाहालको सहायक निर्देशन रहनेछ।

प्रतिक्रिया राम्रो पाएको चलचित्र ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा

काठमान्डौ – चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ । राम्रो वर्ड अफ माउथ पाएको चलचित्र शुक्रबार (आज)बाट दोस्रो हप्तामा प्रवेश गर्दैछ ।

आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनाइएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बाबाआमालाई आर्थिक अभावबाट बाहिर निकाल्न छोरोले गर्ने संघर्षको कथा चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले सकारातमक प्रतिक्रिया दिइरहेका छन् ।

“हाम्रो चलचित्रलाई दशर्कले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । त्यसैले दोस्रो हप्तामा थप राम्रोसँग चलचित्र चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्देशक हिमाल न्यौपानेले भने, “वर्ड अफ माउथ राम्रो भएकाले चलचित्र पनि त्यही अनुसार चल्छ भन्ने हाम्रो विश्वास छ ।

चलचित्र हेरेर भावुक हुँदै रोइरहेका भिडियोहरू बाहिर आइरहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।

‘सोल्टिनी’ भाइटिकामा रिलिज हुने, मेयर हर्क साम्पाङको टिम कार्यकारी निर्माता


काठमाडौं –
एकसाथ पाँच पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ। यस चलचित्रमा रोचक कुरा के छ भने, कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ। यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन्।

यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ।

चार वटा फरक-फरक पोस्टरहरूले चलचित्रको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन्। एक पोस्टरमा नायक-नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेसभुसा र गहनामा सजिएकी देखिन्छिन्। अर्को एक पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक-नायिका देखिन्छन्। प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैलीलाई प्रस्ट्याउने यो दृश्यले कथामा ग्रामीण सौन्दर्य र सरल जीवनको प्रस्तुति हुने आभास दिन्छ। एक सामूहिक पोस्टरमा नायक-नायिकासहित अन्य पात्रहरूलाई समेत समेटिएको छ। यहाँ लोकसंस्कृति, नाचगान र हास्य–मनोरञ्जनको आभास पाइन्छ।

यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरे। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबिचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ। यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ।


‘सोल्टिनी’का गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह निर्माताहरू हुन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने टि फल्क्स फिल्मस्ले नेपालमा वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

काठमान्डौ ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने सिनेमाको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि ट्रेलर घुमेको छ । प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरेर उसकै बाउसँग फिरौती रकम माग्ने युवकको कथा सिनेमामा रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

सामाजिक कथामा निर्माण हुने सिनेमा ‘स्त्री’को शुभमुहूर्त, शनिबारबाट फ्लोरमा

काठमाडौँ।  आज ऋषि पंचमीको दिन बिसेष साइतमा पुजा पाठ गर्दै चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित शुभसाइत गरिएको हो। जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र यहि भदौ १४ गतेबाट छायांकनमा जानेछ। काठमाडौँ आसपासमा चलचित्रको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई र निर्माता रहेका छन्। यस चलचित्रलाई जीवन शाहिले निर्देशन गर्नेछन् । निर्देशक शाहीकै कथामा पटकथा निर्देशक जीवन शाही र किशन अर्यालले तयार परेका हुन् । चलचित्रमा बाबुल गिरीको संगीत, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुबास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल रहनेछन्।

सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ। बालकलाकारमा दिप्सन चिलवालको अभिनय रहनेछ। सह निर्माता सहदेव बिष्ट,प्रमोद भट्टराई प्रतीक,रिता श्रेष्ठ

मन्जु राजबंशी रहेका छन्। सयौ म्युजिक भिडियो निर्देशन गरि सकेका शाहीको यो डेब्यु सिनेमा हो। राम्रो सिनेमा बनाउन आफ्नो तर्फबाट सक्दो मेहनत गर्ने उनले बताए।

चलचित्रको ड्रेस डिजाइन सुकनिता चौलागाईंले गर्नेछिन्। शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो।