‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।

गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।

गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।

गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले कलाको माध्यमबाट देशलाई केही दिने सपना तीन वर्षअघि मनमा उम्लिएको स्मरण गरेका छन्। “प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो। अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ। यही सोचबाट ‘बलिदान’ जन्मियो,” उनले थपे, “आज जेन–जी पुस्ताको रक्तस्नानले देशलाई नयाँ युग दिएको छ। त्यसैले ‘बलिदान’ केवल कल्पना मात्र नभई वास्तविकताको प्रतिध्वनि हो। यो चलचित्र पर्दाको संवाद मात्र होइन, देशको घाउको चीत्कार पनि हो।”

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

यसअघि सार्वजनिक पोस्टर, प्रि–टिजर र टिजरले व्यापक चर्चा पाइरहेका बेला ओएसटी गीतले चलचित्रप्रतिको उत्साह अझ बढाएको छ। निर्देशक सेनले केही दिनमै ट्रेलर सार्वजनिक हुने जानकारी पनि दिएका छन्। यो चलचित्र बडादसैँको फूलपातीका दिन (असोज १३) देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

गीत: https://youtu.be/xni3_xHan8w

चलचित्र बलिदान दशै फुलपातीमै रिलिज , यो साता भित्र ट्रेलर रिलिज हुदै

काठमाडौं । यो बहुप्रतिक्षित सिनेमा ‘बलिदान’को प्रचार यही हप्ताबाट सुरु हुने भएको छ । गत भदौ २३ गतेबाट नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनले देशभरका सिनेमा हल बन्द भएपछि प्रदर्शन मिति घोषणा भैसकेका सिनेमा रिलिज समेत अन्यौल बनेको थियो ।

हिजो शनिबारबाट देशको अवस्था विस्तारै सामान्य बन्दै गएपछि सिनेमा निर्माता पनि घोषित मिति मै सिनेमा रिलिज गर्न तयार भएका छन् । गत भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अभिमन्यु र आगामी शुक्रबार असोज ३ गते संविधान दिवसबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को रिलिज पोस्टपोण्ड भएको छ ।

आगामी दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेका तीन वटै सिनेमा घोषित मिति मै प्रदर्शनमा आउने जानकार यी निर्माताले आफ्ना समाजिक सञ्जालबाट जानकारी दिएका छन् । हिजो शनिबार सिनेमाका निर्माता सन्तोष सेनले फेसबुकमा स्टाटस लेख्दै यही हप्ता ‘बलिदान’को ट्रेलर सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिए ।

निर्देशक सेनले लेखेका छन्, ‘बलिदान’ ट्रेलरले कतीसम्म मातृभूमि प्रेमीको खुन उमाल्छ भन्ने सिमा छैन् । यो दशैंमा ज्यान बलिदान ।’ गत हप्ता सिनेमामा समावेश सुजन चापागाईंको स्वरमा पहिलो गीत ‘आमा’ रिलिजको तयारी निर्माण टिमको थियो । तर, देशमा आइपरेको विषम परिस्थितिलाई मध्य नजर गर्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।

सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

देशभर बन्द रहेका सिनेमा हलहरु भोली देखी सञ्चालनमा आउने

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण देशभर बन्द रहेका सिनेमा हलहरु सञ्चालनमा आउने भएका छन् । दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सोमबारदेखि हलहरु सञ्चालनमा ल्याउने निर्णय आज आइतबार बसेको चलचित्र संघको बैठकले गरेको हो।

आन्दोलनका कारण तोडफोड र आगजनी हुँदा कुल पाँचवटा हलमा गरी करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान संघले गरेको छ । राती १० बजेभित्र सिनेमा हल बन्द गर्ने गरि हलहरु सञ्चालनमा आउने भएको छ।

हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत चलचित्रहरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका चलचित्र प्रदर्शन हुनेछन् ।

आज सार्वजनिक गर्ने भनिएको ‘बलिदान’को गीत रिलिज स्थगित

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आज सार्वजनिक गर्ने भनिएको ‘बलिदान’को गीत रिलिज स्थगित गरेका छन् । हिजो बिहीबारबाट नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा सिनेमा क्षेत्रमा पनि त्यसको असर परेकाले आज शुक्रबार रिलिज हुने भनिएको गीत अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको जानकारी निर्देशक सेनले दिए ।

पछिल्लो समयका चर्चित गायक सुजन चापागाईको स्वरमा तयार पारिएको ‘बलिदान’को लागि शीर्ष गीत ‘आमा’ आज शुक्रबार ५ बजे सार्वजनिक गर्ने तयारी थियो । निर्देशक तथा निर्माता सन्तोष सेनले बिहीबार गीतको पोस्टर समेत सार्वजनिक गरेका थिए । एक साताअघि गीतको टिजर समेत ल्याइएको थियो । तर नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय गर्ने सरकारको निर्णयपछि गीत रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सेनले बताए ।

अब यो गीत कहिले रिलिज हुन्छ त्यसबारे यसै भन्न नसकिने उनले बताए । ‘अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म आंशिक रूपमा मात्रै चलेका छन् । यस्तो अवस्थामा रिलिज गर्न उपयुक्त ठानेनौं,’ उनले भने ‘अब केही दिन हेरौं । परिस्थिति अनुकूल नभए उपलब्ध प्लेटफर्मममा मात्रै रिलिज गर्नुपर्ला । टिममा पनि सल्लाह गरेर कहिले रिलिज गर्नेबारे निर्णय लिन्छौं ।’

सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार सार्वजनिक गरिएको हो।

गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।

गीत सार्वजनिकसँगै चलचित्रप्रति दर्शकको चासो झन् बढ्ने अपेक्षा निर्माण पक्षले जनाएको छ। निर्देशक उदिप राना थापाका अनुसार, नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो। भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरी गीतको प्रिमियर गरिएको छ।

उदिप राना थापाले यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। यस चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन्।

चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ्ग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्। जसमा, सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्। ‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

गीत:  https://youtu.be/vYwz1RzMJB4?si=vNnd7OS-gwLnYlhV 

गुरु चेला भिड्ने मुडमा, फरक लुक्समा वरिस्ट बलराम बन्दै ।

काठमान्डौ – वरिस्ट बलाराम को फस्ट लुक्स सार्वजनिक भए को छ यो संगै बिजय बराल र दयाहांग राई को भने लुक्स फरर देख्न सकिन्छ उनिहरुको अन्य फिल्ममा भन्दा फरक लुक्स , फरक क्यारेक्टर र फरक कथामा पहिलो पटक उतार्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । जुन कुरा पोस्टर र टिजर हेर्दा पनि छुट्याउन सकिन्छ ।

बास्तबिक जिवनमा बिजय र दयाहांग गुरु चेला हुन । सधै गाउंले अनि अरुलाई रुवाने खाल्को गरीब भुमीका देखीने बिजय यो फिल्म बाट भने गुरु चेला आमुनेसामुने भिड्ने मुडमा देखीने भएका छन । सार्वजनिक टिजरमा उनीहरू आमनेसामने भएको देखिन्छ, जसले कथावस्तुको सम्भावित द्वन्द्वलाई संकेत गर्छ । गाडीमा हुइँकिँदै आएका दयाहाङलाई बाइकमा सवार विजयसहितको समूहले बाटो छेकेपछि उनीहरूबीच तनावपूर्ण स्थिति सिर्जना भएको टिजरमा देखाइएको छ । उनिहरु दुबै जना को नाम वरिस्ठ र बलाराम रहने जनाएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

काठमान्ड पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।

एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् । दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।

पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन ।
तेस्तै सार्बजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक-झोकलाइ प्रस्तुत गरिएको छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाई दिएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज

काठमाडौं । असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो ।

अविज्ञा घिमिरे र विकास लिम्बुको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्दरचना छ । संगीत सुशान्त गौतमको छ । पालम, ख्याली र हाकपारेमा भने दयाहाङ राई र यसेली योङहाङको स्वर छ ।

गीतको केन्द्रमा प्रेम र एकअर्काको साथ छ । सम्झना र त्यसले दिने पीडा गीतमा समेटिएको छ । भिडियोमा सिनेमा मुख्य कलाकार फिचर्ड छन् ।

उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ । अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ ।

‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।

सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।

पाटनबाट चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखीमा शुभ मुहूर्त

काठमाडौं – चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।

दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि नै ‘कुमारी’ घोषणा र पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको यही चलचित्र ‘कता छौ’ बोलको गीत चर्चामा रहेको छ। गायक लिम्बुले पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका हुन्।

‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’,  ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए। उनले ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन्।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।

सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन आउन लागेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ ।

सिनेमाका तीन मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड गीतमा दानबहादुर कार्कीको शब्द रचना र दीपक शर्माको संगीत छ । लोक लयमा आधारित गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोमा प्रकाश र स्वस्तिमाले आकर्षक नृत्य गरेका छन् । माया–प्रेम र नोकझोंकको वरिपरि घुमेको गीतको भिडियोमा आकर्षण र असहमतिको द्वन्द्व देखिन्छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । सिनेमामा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । चोरको छवि बनाएको यो पात्रको भावनात्मक पाटो सिनेमामा देखाइएको अभिनेता आचार्यले गीत रिलिज कार्यक्रममा बताए ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो सिनेमामा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।

भिडियो