चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार सार्वजनिक गरिएको हो।

गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।

गीत सार्वजनिकसँगै चलचित्रप्रति दर्शकको चासो झन् बढ्ने अपेक्षा निर्माण पक्षले जनाएको छ। निर्देशक उदिप राना थापाका अनुसार, नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो। भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरी गीतको प्रिमियर गरिएको छ।

उदिप राना थापाले यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। यस चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन्।

चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ्ग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्। जसमा, सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्। ‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

गीत:  https://youtu.be/vYwz1RzMJB4?si=vNnd7OS-gwLnYlhV 

गुरु चेला भिड्ने मुडमा, फरक लुक्समा वरिस्ट बलराम बन्दै ।

काठमान्डौ – वरिस्ट बलाराम को फस्ट लुक्स सार्वजनिक भए को छ यो संगै बिजय बराल र दयाहांग राई को भने लुक्स फरर देख्न सकिन्छ उनिहरुको अन्य फिल्ममा भन्दा फरक लुक्स , फरक क्यारेक्टर र फरक कथामा पहिलो पटक उतार्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । जुन कुरा पोस्टर र टिजर हेर्दा पनि छुट्याउन सकिन्छ ।

बास्तबिक जिवनमा बिजय र दयाहांग गुरु चेला हुन । सधै गाउंले अनि अरुलाई रुवाने खाल्को गरीब भुमीका देखीने बिजय यो फिल्म बाट भने गुरु चेला आमुनेसामुने भिड्ने मुडमा देखीने भएका छन । सार्वजनिक टिजरमा उनीहरू आमनेसामने भएको देखिन्छ, जसले कथावस्तुको सम्भावित द्वन्द्वलाई संकेत गर्छ । गाडीमा हुइँकिँदै आएका दयाहाङलाई बाइकमा सवार विजयसहितको समूहले बाटो छेकेपछि उनीहरूबीच तनावपूर्ण स्थिति सिर्जना भएको टिजरमा देखाइएको छ । उनिहरु दुबै जना को नाम वरिस्ठ र बलाराम रहने जनाएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

काठमान्ड पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।

एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् । दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।

पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन ।
तेस्तै सार्बजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक-झोकलाइ प्रस्तुत गरिएको छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाई दिएको छ ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज

काठमाडौं । असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो ।

अविज्ञा घिमिरे र विकास लिम्बुको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्दरचना छ । संगीत सुशान्त गौतमको छ । पालम, ख्याली र हाकपारेमा भने दयाहाङ राई र यसेली योङहाङको स्वर छ ।

गीतको केन्द्रमा प्रेम र एकअर्काको साथ छ । सम्झना र त्यसले दिने पीडा गीतमा समेटिएको छ । भिडियोमा सिनेमा मुख्य कलाकार फिचर्ड छन् ।

उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ । अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई वर्ष व्यापार गर्ने चलचित्रको श्रेणीमा राखिएको छ ।

‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।

सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।

पाटनबाट चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखीमा शुभ मुहूर्त

काठमाडौं – चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।

दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि नै ‘कुमारी’ घोषणा र पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको यही चलचित्र ‘कता छौ’ बोलको गीत चर्चामा रहेको छ। गायक लिम्बुले पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका हुन्।

‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’,  ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए। उनले ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन्।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।

सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन आउन लागेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ ।

सिनेमाका तीन मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड गीतमा दानबहादुर कार्कीको शब्द रचना र दीपक शर्माको संगीत छ । लोक लयमा आधारित गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोमा प्रकाश र स्वस्तिमाले आकर्षक नृत्य गरेका छन् । माया–प्रेम र नोकझोंकको वरिपरि घुमेको गीतको भिडियोमा आकर्षण र असहमतिको द्वन्द्व देखिन्छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । सिनेमामा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिका निभाएका छन् । चोरको छवि बनाएको यो पात्रको भावनात्मक पाटो सिनेमामा देखाइएको अभिनेता आचार्यले गीत रिलिज कार्यक्रममा बताए ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो सिनेमामा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ ।

भिडियो

‘कुमारी’ घोषणामा टुँडिखेलमा प्रत्यक्ष गाइएको गीत ‘कहाँ छौ’ युट्युबमा रिलिज

काठमाडौं – दुई दिन अघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ। चलचित्र घोषणाको लागि नै उक्त गीतलाई ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो। यो गीत ‘कुमारी’ चलचित्रको एक प्रमुख गीत हो। गीतलाई चलचित्रको डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा यही चलचित्रबाट पार्श्व गायनमा डेब्यु गरेका गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ।

यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’जस्ता हिट प्रेमकथाका फिल्म निर्देशन गरेका थिए भने पछिल्ला वर्षमा ‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक मुद्दा उठाउने चलचित्र निर्देशन गरेका दिनेश राउतले ‘कुमारी’को निर्देशन गर्दैछन्। मङ्गलवारबाट छायाङ्कन सुरु हुने यो चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले अभिनय गर्नेछन्। दुवै कलाकारले यही चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गरेका हुन्। चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।

‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेम सह निर्माता रहेको छ। निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, र छायाङ्कन निर्देशक सुसन प्रजापति रहेका छन्।

यस चलचित्रमा चार वटा गीत समावेश हुनेछन्। अन्य गीतमा गीतमा केहर सिंह लिम्बुको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’सँगै प्रशान्त सिवाकोटीले सङ्गीत गर्नेछन् भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

यो चलचित्र यसै वर्ष भित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स हुनेछ भने काठमाडौं उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन्।

भिडियो: https://youtu.be/pRWRb_GHx9k

सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक

 काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ ।

सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई सिनेमाको नामझै हर्षित भावमा अर्थात मिठो मुस्कानमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ भने नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई नाचिरहेको-रमाइरहेको देख्न सकिन्छ ।

यो पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ । यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ । सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ । यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन् ।

डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी- जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ । यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन ।

निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन्।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमामा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको

‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने, एक हजार शो पाउने अपेक्षा

काठमाडौं – यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ। योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको दाबी सेनले गरे। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ।

‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाएको छ। यस चलचित्रमा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली चलचित्रको साहसी कदमको रूपमा लिइएको छ।

नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेला सम्पन

काठमाडौं  नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन गरेको छ।
गौतम अध्यक्षमा सर्वसम्मत चयन भएपछि महासंघमा नयाँ नेतृत्व टिम गठन भएको छ। संघका संरक्षक धर्मनन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काप्री सहित सबै प्रदेश र क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी नयाँ कार्यसमिति बनेको छ।


अध्यक्ष गौतमले जिम्मेवारी सम्हालेपछि मुलुकको पानी उद्योगलाई अझै व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो – “पानी जीवनसँग जोडिएको सबैभन्दा संवेदनशील विषय हो। उपभोक्ताले पाउने पानी गुणस्तरीय, सफा र स्वास्थ्यकर बनाउन महासंघ निरन्तर सचेत रहनेछ। यो उद्योगलाई व्यवसायी मात्र होइन, जनताको सेवासँग जोडेर अघि बढाइन्छ।”

गौतमले व्यवसायीको हकहित सुरक्षित गर्दै उपभोक्ताको जीवनस्तर सुधारमा योगदान दिनेगरी नीति बनाउने आश्वासन पनि दिनुभयो। उहाँको भनाइमा, “संघ व्यवसायीलाई संरक्षण गर्ने मात्र होइन, उपभोक्तालाई हानी नपुग्ने खालको नीति निर्माणमा सक्रिय हुन्छ। व्यवसाय–मैत्री नीतिले उत्पादन गुणस्तर बढाउँछ, रोजगार सिर्जना गर्छ र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।”


नयाँ नेतृत्वमा यसप्रकारको कार्यसमिति
संरक्षक : धर्मनन्द श्रेष्ठ (काठमाडौं)
अध्यक्ष : ध्रुवबहादुर गौतम (काठमाडौं)
वरिष्ठ उपाध्यक्ष : सोमप्रसाद काप्री (नवलपुर)
उपाध्यक्षहरू :
गाेकर्ण सिलवाल (काठमाडौं–उपत्यका)
मेघनाथ चौलागाई (काठमाडौं–कोशी प्रदेश)
दीपक शाह (रौतहट–मधेस प्रदेश)
केशव घिमिरे (चितवन–बागमती प्रदेश)
प्रेम क्षेत्री (कास्की–गण्डकी प्रदेश)
सुनिता घिमिरे (रुपन्देही–लुम्बिनी प्रदेश)
परशुराम सिलवाल (ललितपुर–कर्णाली प्रदेश)
कैलाश भट्ट (कैलाली–सुदूरपश्चिम प्रदेश)
लिला भण्डारी (काठमाडौं–महिला)
विजय श्रेष्ठ (काठमाडौं–वस्तुगत)
गणेशबहादुर भण्डारी (रसुवा–निर्यात)
महासचिव : कमल प्रसाद अधिकारी (काठमाडौं)
उपमहासचिव : कविन्द्र कोइराला (कास्की)
सचिवहरू : रुपचन्द्र थापा (काभ्रेपलाञ्चोक), मिना दाहाल (नवलपुर), नरेन्द्रप्रसाद न्यौपाने (काठमाडौं)
कोषाध्यक्ष : मोहनमान श्रेष्ठ (काठमाडौं)
सह–कोषाध्यक्ष : गोपि सिवाकोटी (काठमाडौं)
सदस्यहरू :
बिनय श्रेष्ठ (बाँके), श्रीकान्त कुसवाह (सर्लाही), लक्ष्मण पन्त (चितवन), सुरेन्द्र श्रेष्ठ (तनहुँ), विनोद श्रेष्ठ (महोत्तरी), शम्भु खनाल (चितवन), सुजन थापा (काठमाडौं), गणेश न्यौपाने (दाङ), दुर्गाप्रसाद पौडेल (सिन्धुपाल्चोक), चन्द्रा पौडेल क्षेत्री (पर्वत), हरि आचार्य (काठमाडौं), निलबहादुर घताने (गोरखा), धर्मराज तामाङ (काठमाडौं), विश्वनारायण श्रेष्ठ (काठमाडौं), नवराज खनिया (चितवन), दिनेश बस्नेत (दोलखा), खिमबहादुर थापा (स्याङ्जा), बद्रीप्रसाद देवकोटा (काठमाडौं–वस्तुगत), रमेश न्यौपाने (काठमाडौं–वस्तुगत), बुधबहादुर गुरुङ (काठमाडौं–वस्तुगत), अङ्कित श्रेष्ठ (रुपन्देही)।


सेवामुखी अभियानमा प्रतिबद्ध
नयाँ नेतृत्वले गुणस्तरीय, स्वच्छ र सुरक्षित पिउने पानी आपूर्ति गर्दै जनताको स्वास्थ्य सुरक्षा र व्यवसायीको हितमा समान रूपले ध्यान दिने घोषणा गरेको छ।
जनजीवनमा पानीजस्तो संवेदनशील चिजलाई सुरक्षित बनाउन महासंघले अबदेखि थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।