भाइटीकाको उपहार बने ‘वरिष्ठ वलराम’, पहिलो दिनदेखि हाउसफुल प्रदर्शन

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । दयाहाङ राई र विजय बराल स्टारर चलचित्र देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो ।

दयाहाङ र विजयको घम्साघम्सी रहेको चलचित्र हेर्न आज बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् ।

दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् ।

‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौं – गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।

लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन्। चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।

अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।

नेपालकै प्रमुख पर्व तिहारको माहौलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ। ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउँदै आएको छ, र ‘१२ गाउँ’ को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ। सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।

‘१२ गाउँ’ हेर्ने लिङ्क: https://cinemaghar.app/movie/12-gaun

चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं , असोज ३१
शुक्रबार बिहान निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन ।चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ मा निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

भाइटिकाको दिन रिलिज हुने चलचित्र ‘सोल्टिनी’ले नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक

काठमाडौं – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ।

गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।

‘नौलाख तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडियोमा पनि ती भावनात्मक उतार–चढाव स्पष्ट देखिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ।

‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न रहेको छ। इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताए।

सन्तोष सेन मेरो समयमा आइदिएका भए म पनि एक्सन हिरो हुन्थेँ : क्याप्टेन विजय लामा

काठमाडौं – वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन्।

सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ। यो फरक स्तरको चलचित्र हो। नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।” लामाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफू सधैँ प्रयासरत रहेको बताउँदै ‘बलिदान’ हेर्दा त्यसको सम्भावना अझ स्पष्ट रूपमा महसुस गरेको बताए। उनका अनुसार, “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन्।”

निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला।”

समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए। “बिराज बिराज नै हो, समीर समीर नै हो। बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो हो,” लामाले भने।

यसैबीच, चलचित्रकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू निकै भाव विह्वल भएको बताइन्। उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको बताइन्। “मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुसीको कुरा हो,” ऋचाले भनिन्।

सन्तोष सेन निर्देशित ‘बलिदान’ बडादसैँको अवसरमा फूलपातीबाट प्रदर्शनमा आएको हो। हाल दोस्रो हप्तामा पनि देशभर करिब १ सय ३० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारेको वितरकहरूले जनाएका छन्।

अभिनेता समीर भट्टको दमदार एक्सन र अभिनयको प्रशंसा गर्दै दर्शकहरूले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरिरहेका छन्। आमा–छोराबीचको प्रेम र त्यागमा आधारित कथाले दर्शकको हृदय छोएको बताइएको छ।

‘आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

“दर्शकको माया संगै ‘बलिदान’ अब लामो रेसको घोडा – हलहरूमा भावनाको बाढी”

काठमाडौं नेपाली चलचित्र बलिदान ले देशभरका हलहरूमा सातौं हप्ता पूरा गर्दै पनि दर्शकको माया र साथ यथावत् राख्न सफल भएको छ। वडादशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आएको यो चलचित्रले कथा, अभिनय र देशप्रेमले भरिएको प्रस्तुतीका कारण सबैको मन जित्दैछ।

हलमा पुग्ने अधिकांश दर्शकले चलचित्रको कथा र एक्सनलाई अत्यन्त मन परेको प्रतिक्रिया दिएका छन्। समीर भट्टलाई भेट्न हलसम्म पुग्ने दर्शकहरू सेल्फी लिँदै भावुक हुने, र कतिपय त काखमा समाएर रुनसम्म पुगेका छन्। चलचित्रको कथा, संवाद र अभिनयले धेरैको मन छोएको दर्शकहरूले बताएका छन्।

निर्माता प्रेम पुरी ले पछिल्लो समयमा पैसा लिएर नकारात्मक टिप्पणी गर्नेहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने,

फिल्म नहेरी नराम्रो भन्नेलाई कृपया हलमा गएरबलिदानहेरेर मात्र प्रतिक्रिया दिनुहोस्।

त्यस्तै, निर्देशक सन्तोष सेन ले पनि आत्मविश्वासका साथ भने,

यदि फिल्म नराम्रो लाग्यो भने पैसा फिर्ता गर्न तयार छु।

दर्शकहरूका अनुसार बलिदान ले नेपालको पछिल्लो जेनेरेसन आन्दोलन, देश र जनताको भावना तथा माटोको कथा सशक्त रूपमा प्रस्तुत गरेको छ। यसैले यो चलचित्र लामो रेसको घोडा बन्ने संकेत देखिएको छ।

चलचित्रका पोस्टर, टिजर, ट्रेलर र गीतले रिलिजअघि नै ठूलो चर्चा पाएका थिए। बलिदान सँगै अन्य दुई नेपाली चलचित्र पनि प्रदर्शनमा आएका छन्, तर दर्शकहरूको आकर्षण भने बलिदान तिरै केन्द्रित देखिएको छ।

आसुसेन फिल्म्स प्रालि को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिष्ट, कार्यकारी निर्माता प्रेम पुरीहुन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक स्वयं सन्तोष सेन को दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रको वितरण काफिया फिल्मकुबेर फिल्म ले संयुक्त रूपमा गरिरहेका छन्।

देशव्यापी रूपमा कस्तो चलिरहेको छ ‘बलिदान’ ?

काठमाडौं – बडादसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट व्यापक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ।

वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि राम्रो दर्शक पाइरहेको छ। प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको ‘बलिदान’ फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनले उपत्यका बाहिरको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन्। काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले पनि देशका पछिल्ला घटनाक्रममा बाबजुद चलचित्र क्षेत्रलाई चलायमान बनाउन ‘बलिदान’ले महत्त्वपूर्ण भूमिका खेलेको जनाए।

देशको विषम परिस्थितिबीच रिलिज भए पनि चलचित्रको व्यापारबाट आफू सन्तुष्ट रहेको निर्देशक सन्तोष सेनले बताए। उनले व्यापारिक आँकडा एकमुस्ट रूपमा सार्वजनिक गर्ने तयारी रहेको जनाएका छन्।

अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, र निर्देशक सेन लगायत चलचित्र युनिटले हप्ताभर काठमाडौंका हलहरूमा दर्शक भेटेका थिए। दर्शकको साथबाट हर्षित भएका अभिनेता भट्टले आफ्नो लामो समयको मेहनतलाई दर्शकले प्रेम गर्दा खुसी लागेको बताए। दर्शकहरूले भट्टको अभिनय र एक्सन दुवैलाई दमदार भन्दै कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरेका छन्।

चलचित्र हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने चलचित्र पहिलो पटक बनेको अनुभव गरेको बताएका छन्। धेरै दर्शकलाई चलचित्रभरि रहेको आमा र छोराबीचको प्रेम र त्यागको कथाले गहिरो भावनात्मक असर पारेको छ, जसले गर्दा धेरैको आँखामा आँसु आएको थियो। कतिपय दर्शकले चलचित्रले अहिलेको देशको यथार्थपरक परिस्थितिलाई पर्दामा उतारेको अनुभव सुनाएका छन्।

‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

बाढी र पहिरोको जोखिमका अग्रिम टिकट काटेर सिनेमा हेर्न जान नसक्नेको पैसा फिर्ता हुने ।

काठमाडौं । बाढी र पहिरोको जोखिमका अग्रिम टिकट काटेर सिनेमा हेर्न जान नसक्नेको पैसा फिर्ता हुने भएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पैसा तिरेर सिनेमा हेर्न हल जान नसक्नेहरूको पैसा फिर्ता गर्ने भएको हो ।

क्यूएफएक्सले एक सूचना जारी गर्दै सबैभन्दा पहिला आफू सुरक्षित रहन भनेको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिइएको क्यूएफएक्सले जनाएको छ ।

‘हामी आशा गर्छौं तपाईं र तपाईंका प्रियजनहरू सुरक्षित हुनुहुन्छ । नदीको पानीको सतह बढेको कारण केही क्षेत्रहरू बाढीबाट प्रभावित भएका छन् । तपाईंको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,’ क्यूएफएक्सले भनेको छ, ‘यदि, तपाईं सिनेमाघरहरूमा जान सक्नुहुन्न भने तपाईंको टिकटको पूर्ण रकम फिर्ता गरिनेछ ।’

सरकारले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै भोलि र पर्सि बिदा दिने निर्णय गरेको छ ।

बलिदान’ ले दशैंमा दर्शकको मन जित्दै – छठौं दिनसम्म पनि उत्साहपूर्ण प्रदर्शन

काठमाडौं – वडादशैंको फूलपातीदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले निरन्तर उत्कृष्ट व्यापार गर्दै सिनेमा हलहरूमा जोशिलो वातावरण सिर्जना गरेको छ।

राजनीतिक घटना, आमा–छोराको ममता र देशप्रतिको बलिदानी भावनालाई समेटिएको यो फिल्मले दर्शकलाई भावुक बनाइरहेको छ। धेरै दर्शकले चलचित्र हेरेपछि कथा र एक्सन दुवैले मन छोएको प्रतिक्रिया दिएका छन्।

मुख्य भूमिकामा रहेका समीर भट्ट ले दर्शकको माया प्रति आभार व्यक्त गर्दै भने,

“दर्शकले दिएको माया नै मेरो प्रेरणा हो, अब अझ राम्रो काम लिएर आउनेछु।”

आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको ‘बलिदान’ मा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् र वितरणको जिम्मा काफिया फिल्म्स ले लिएको छ।

फूलपातीबाट प्रदर्शनमा आएको ‘बलिदान’ ले छठौं दिनसम्म पनि हाउसफुल शो चलिरहेको छ। नेपाली चलचित्र क्षेत्रको मन्द वातावरणमा पनि यस्तो उत्साहजनक प्रदर्शनले नेपाली सिनेमामा नयाँ उर्जा थपेको छ।

चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, आदिवासीमाझ देखिए समीर

काठमाडौं – आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएकाछन् भने शब्द हर्क साउदको रहेको छ।

भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।

यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।

निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।

गित