चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज

काठमाडौं – भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ। सङ्घर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भए पनि दर्शकलाई जोडेर राख्छ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ। भारतका यी क्षेत्रहरूमा नेपाली चलचित्रको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ ले उल्लेख्य ओपेनिङ पाउने अपेक्षा गरिएको छ। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमा लगायत देशभरका हलमा रिलिज भएको छ।

‘धागो’ मा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन्। साथै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारले साथ दिएका छन्। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको यस चलचित्रमा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन्। नेपालमा आरआर फिल्म्सले वितरण गरिरहेको छ।

चलचित्र ‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ, कात्तिक २६ 

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समाबेश “बा आमा ” बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।

देशैभरिका हलमा प्रदर्शन भईरहेको ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।

हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।

चलचित्रका कलाकारहरु राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् ।पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ । हरेक सोमा दर्शकको हाउसफुल उपस्थिति रहेको छ ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा,शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ शनिबार काठमाडौं सम्पन

काठमान्डौ शाह स्टुडियो एण्ड कम्पनीद्वारा आयोजित ‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ शनिबार काठमाडौंको फिल्म विकास बोर्डमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपालको व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने उद्यमी, संस्था तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यो अवार्ड कार्यक्रम देशको प्रतिष्ठित व्यवसायिक सम्मानमध्येको एक मानिन्छ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका थिए। सो अवसरमा कलाकार पूजा चन्द, निर्देशक शोभित बस्नेत, गायक तथा संगीतकार चेतन सापकोटा लगायत अन्य चर्चित कलाकार र व्यवसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा विभिन्न क्षेत्रका उद्यमी, युवा व्यवसायी तथा समाजसेवामा सक्रिय व्यक्तिहरूलाई उत्कृष्ट योगदानको कदरस्वरूप सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
शाह स्टुडियो एण्ड कम्पनीका अध्यक्ष मोनु साहका अनुसार, अवार्डको उद्देश्य देशभरका सृजनशील, नवप्रवर्तनशील र प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मानित गर्दै उनीहरूमा थप ऊर्जा र हौसला जगाउनु हो। “हामी हरेक वर्ष विभिन्न विधाका व्यक्तित्वलाई सम्मानित गर्दै आएका छौं। यो हाम्रो सानो प्रयास हो—नेपालको व्यवसायिक तथा सिर्जनात्मक क्षेत्रमा सकारात्मक सोच फैलाउनका लागि,” अध्यक्ष साहले भने। उनका अनुसार, आगामी वर्षहरूमा पनि यो परम्परा निरन्तर रूपमा अगाडि बढाइनेछ।
कार्यक्रममा बोल्ने वक्ताहरूले व्यवसायिक जगतमा पारदर्शिता, इमानदारी र नवीन सोचको आवश्यकता औंल्याउँदै यस्ता अवार्डहरूले देशभित्र उत्कृष्टताप्रतिको सम्मानको संस्कृतिलाई बल मिल्ने बताएका थिए। शाह स्टुडियो एण्ड कम्पनीले विगतका वर्षहरूमा समेत विभिन्न क्षेत्रका उद्यमी र कलाक्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ ले यस वर्ष पनि नेपालका मेहनती, सिर्जनशील र जिम्मेवार व्यवसायिक व्यक्तित्वहरूलाई राष्ट्रिय मञ्चमा उजागर गर्न सफल भएको छ। देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमले युवा पुस्तालाई पनि उद्यमशीलताको बाटोमा प्रेरित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
यसरी, शाह स्टुडियो एण्ड कम्पनीको पहलमा आयोजित उक्त अवार्ड समारोहले व्यवसायिक जगतमा उत्कृष्टता, नवप्रवर्तन र नेतृत्वको महत्त्वलाई पुनः स्थापित गर्दै, नेपाली उद्यमी समाजलाई नयाँ प्रेरणाको सन्देश दिएको छ।
आवर्डका विभिन्न विधाहरु

SHAH STUDIO AND COMPANY PRESENTS
SHAH BUSINESS EXCELLENCE AWARD-2025(100 UNDER 100)

 

ABOUT SHAH STUDIO AND COMPANY
SHAH STUDIO AND COMPANY IS A FULL MEDIA AND MODELING AGENCY WHICH IS RUN FROM 2017 WITH NUMEROUS EVENTS/MUSIC VIDEO/FILM/BEAUTY PAEGENT/RUNWAYS SHOW AND INTERNATIONAL EVENTS.
GOALS-TO BUILD,CREATE AND WAVE FASHION MODEL/ARTIST

ABOUT COMPANY CHIEF EXECUTIVE DIRECTOR-MONU SHAH

AWARDEE LIST
1).BUSINESS CATEGORY
1.MASTER CHEF SANTOSH SAH-(Enterprenuer and Owner of Mithila Thali-He 2.promotes the way of taste of Mithila dish from national to int level)
3.SUSHIL NEPAL-(Host and Ex producer of voice of Nepal)
4.SHAILESH ADHIKARI-(Tourism Enterprenuer)
5.SURYADEEP GHATANE-(Educational Consultant)
6.AMIT SHARMA-(MD of Power protection Energy)
7.DHIRAJ K SAH-(CEO Shah Hemp Inno Ventures)
8.AVENTOZ PVT LTD-(Devil singh Rajput,the event and voting platform company)
9.AMERICAN LANGUAGE CENTER-(Sneha Bansal,Managing Director)
10.RIGHT WAY BUSINESS SOLN-(Bibek Joshi,Managing Director)
11.NEXSUS EDUCATIONAL CONSUTALTANCY-( Ramesh Adhikari,Managing Director)
12.PREM GURUNG-(MD Ghainte chiya and café)
13.BIPLOVE SAH-(Ncell Team Nepal Business Development cell)
14.RAKESH SANJEL(MD of Naat Aviation,New Baneswor)
15.SAPPAN KC-(President,Europe Peace foundation-Global Peace Activist)
16.BHIMSIN MAINALI-(Managing Director of Beauty Women Nepal)
17.SAMAR SINGH CHHETRI-(MD Miraj Riverside village Resort)

2).MEDICAL CATEGORY SECTOR
18.DR AKANAND SINGH-Md phd renowned hepatobiliary and liver transplant surgon
19.DR ANIL KUMAR BHATTA-Dermatologist-MD at dermsdyanamics
20.DR NABIN SAH-Fashion model and General physician
21.PUJA VAIDYA-RN nurse Usa

3).FASHION AND BEAUTY
22.SONAM SUBBA LIMBU-Fashion designer
23.SUKNEETA CHAULAGAIN-Fashion Designer/Ceo at Valentino Boutique
24.SAJINA BISTA-Fashion Designer/Ceo at Sajina Creation
25.LOVIN ANSARI-Fashion Model and Choreographer
26.AARATI KUMARI SAH-Lead Mithila Artist at JAC
27.DURGA BISTA-Fashion Designer,Ceo at Meraki Boutique
28.SHANTA KARKI-Makeup artist and ceo at Shantaj Beauty Saloon Training Center
29.RODHA MAGAR-Makeup Artist

4).MEDIA PERSONALITY AND SOCIAL ACTIVIST
30.RISHI DHAMALA-Senior Journalist
31.DIWAKAR SAH-Media Presonality /Journalist
32.SISHIR BHANDARI-Actor and Social Worker
33.RAMESH KC-Social activist
34.BINA SHRESTHA-Media presonality
35.PURSHOTAM YADAV-Genz Leader
36.DURGESH YADAV-Social Worker and General seceratory of kashiyana Foundantion
37.ROJEENA BISTA-Social worker
38.KUMAR ACHARYA-Media presonality
39.AMIR KC-Media presonality

4).MUSICAL AUDIO /VIDEO/FASHION MODEL-ARTIST SECTOR
40.ANANADA KARKI-Singer and Musician
41.CHETAN SAPKOTA-Singer and Musician
42.RAJU SINGH-Singer and Musician
43.KAMAL KHATRI-Singer and Musician
44.MELINA MAINALI-Singer
45.BHIM BC-Singer and Musician/Composer
46.TEJAS REGMI-Singer
47.SABIN LIMBU-Singer
48.HARI GIRI BIMARSHI-Singer/lyrisist
49.TANKA TIMILSINA-Singer
50.PRADIP TIWARI PRABHU-Singer
51.RAVI RAJ SAH-Singer and Musician-folk singer
52.BASANTA SAPKOTA -Singer and Musician
53.RENUKA PAKHRIN-Singer
54.HERCULESS BASNYET-Singer and Musician/composer
55.ASMITA JURELI-Singer and Model
56.ANISH BHANDARI-Singer
57.KHEM SARU MAGAR-Singer and Musician/composer
58.NIRMAL TIMILSINA-lyrsist
59.TEK BC-singer
60.ROSHAN BALUWA -Singer and Musician
61.ARJUN POKHAREL-Singer and Musician/composer
62.SUMAN BHANDARI-Actor of out law dafa
63.POOJA R LAMA-Actress from Paran Movie
64.SABIN SHRESTHA-Actor
65.Gpl acharya-Singer
65.DIPAK GHIMIRE-Int Runway Model and Artist
66.DIKPAL KARKI-Fahion Model and actor of Nepali industry
67.RINA LAKHAJU-Model
68.ASMITA THAPA –Model Bridal queen 2025
69.DIPA KATUWAL-Model-Miss Royal Global Queen-2025
70.AASHIRWAD B CHHETRI-Actor from Nainabhanula 6
71.ANITA YADAV-Model
72.RANI KHAREL-Model
73.SWATI PANJIYAR-Fashion Model and artist
74.TINA THAPA-face of Rajdhani 2022
75.SARIKA BUDHA-Mrs Royal global queen
76.SAMITA GIRI-Model
77.ROHIT SAH-Model
78.KUMAR GAJUREL-Director from movie saarthi
79.SUBASH SAH-Graphics Designer
80.GB AAGRI-Director of nepali industry
81.EKANTA MAGAR-Director of nepali film industry
82.SUJAN SHRESTHA-director of photo and videography
83.KHEM PANDEY-content creator-tiktok artist
84.SANTOSH KUMAR-cinematographer

5).SPORTS CATEGORY
85.BHAGWATI KHADKA-1ST WOMEN WRESLLER OF NEPAL

TEAM
86.BHAWANA THAPA-COORDINATOR
87.KESHAR BC-ARTIST
88.VIVEK KHATIWADA-HOST

तेक्वान्डो खेलाडी उमर खानलाई लिएर नयाँ सिनेमा ‘कंगाल करोडपति’ घोषणा

काठमाडौं । गत वर्षको सफल सिनेमा ‘होस्टेल ३’मा निवार्ह गरेको खलपात्रको भूमिकाबाट दर्शकमाझ चिनिएका अभिनेता तथा तेक्वान्डो खेलाडी उमर खानलाई लिएर नयाँ सिनेमा ‘कंगाल करोडपति’ घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबा बीच यो सिनेमाको निर्माण घोषणा गरिएको हो ।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा समेत हो । सिनेमामा उमरसहित पदम लोहोरको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने टुंगो लाग्न बाँकी रहेको निर्देशक श्रेष्ठले बताए । एउटा सामान्य मान्छे करोडपति र कंगाल बन्दाको अवस्थालाई सिनेमामा हास्य शैलीमा देखाइने छ ।

डेढ करोड लगानी अनुमान गरिएको सिनेमाको छायांका अगामी फागुन महिनादेखि सुरु हुने जानकारी निर्माण टिमले दिएको छ । कैफ खान निर्माता रहेको सिनेमामा सुमन गजमेरको कथा, पटकथा तथा संवाद लेखन छ । उनले यसअघि ‘रंगी’ लेखेका थिए । सिनेमामा मनोज केसी कार्यकारी निर्माताको रूपमा छन् ।

“निर्माणाधिन चलचित्र संग्राहलय” का लागि रेड एम एक्स क्यामेरा प्रदान”

काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान गरिएको छ।

नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र संग्राहलयको तयारी तीव्र पारेको छ।
१६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन्। क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका हुन्।


उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण थपिएको बताए।
“चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ,” उनले बताए।
संग्राहलयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ। यो क्यामेरा बाट नेपाली चलचित्र “मायाज बार”, “छ एकान छ”,  “अझै पनि” लगाएतका  चलचित्रहरु छायांकन गरिएको थियो ।
क्यामेरा प्रदान गरेका बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए।   दागंबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ । सिनेफोकस अत्याधुनीक लाईट तथा उपकरणमा अब्बल मानिन्छ ।
“चलचित्र क्षेत्र हाम्रो पहिचान हो। यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो,” उनले बताएका हुन्। उक्त हस्तान्तरण समारोहमा चलचित्र पत्रकार संघका समिर बलामी तथा महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक: पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा

काठमाडौं – भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ।

ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता-पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। बिछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ। गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ।

उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको छ भने उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउस ले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

चलचित्र ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ। नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल

काठमाडौं – नेपालमा सुरु भएको ‘होस्टेल’ चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र ‘होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्‍याएको हो।
सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका  वितरक सुरज खड्काले बताए। भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।
चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मको ५१ दिन पूरा भएको खुसी व्यक्त गरे। उनले भने, “सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद दिन चाहन्छु। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
‘होस्टेल ३’ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ। चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्।
सफल व्यापारसँगै ‘होस्टेल ३’ हाल नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ। दर्शकहरूले यो एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका माध्यमबाट डाउनलोड गरी हेर्न सक्छन्। साथै, वेब ब्राउजर वा क्रोमकास्ट प्रयोग गरी कम्प्युटरमा समेत सहजै हेर्न सकिन्छ।

भाइटीकाको उपहार बने ‘वरिष्ठ वलराम’, पहिलो दिनदेखि हाउसफुल प्रदर्शन

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । दयाहाङ राई र विजय बराल स्टारर चलचित्र देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो ।

दयाहाङ र विजयको घम्साघम्सी रहेको चलचित्र हेर्न आज बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् ।

दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् ।

‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौं – गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।

लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन्। चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।

अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।

नेपालकै प्रमुख पर्व तिहारको माहौलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ। ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउँदै आएको छ, र ‘१२ गाउँ’ को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ। सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।

‘१२ गाउँ’ हेर्ने लिङ्क: https://cinemaghar.app/movie/12-gaun

चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं , असोज ३१
शुक्रबार बिहान निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन ।चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ मा निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।