काठमाडौं – यस पटकको बडा दसैँ तथा तिहारको अवसरमा नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि खुसीको खबर छ। नेपालीहरूको महान् पर्वहरू दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ-तिहार मुभी मेला’ सार्वजनिक गरेको छ, जसमा अहिलेका चर्चित नेपाली चलचित्रहरू ‘पिताम्बर,’ ‘गाउँ आएको बाटो,’ ‘होस्टेल ३,’ र ‘फेरी रेशम फिलिली’ रिलिज भएका छन्।
विभिन्न शैली र कथावस्तु समेटिएका यी चलचित्र दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएका हुन् । दर्शकले यी चलचित्रहरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सक्नेछन् । साथै, वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमा समेत हेर्न सकिने बताइएको छ।
नेपालकै प्रमुख चाडपर्व दसैँ–तिहारको माहौललाई अझ रमाइलो बनाउन गरिएको यो पहलले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्ममा थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।
काठमाडौं – आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी PG श्रेणीमा पार्ने निर्णय गरेको हो।
सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ।
‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। ‘बलिदान’लाई दसैँ पर्वमा पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।
काठमाडौं । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ ।
दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ ।
‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका नीरज भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने हाम्रो अभिप्राय छ । प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’
हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।
काठमान्डौ मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।
सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।
आलोक शुक्लाले खिचेको गीतमा सिनेमाका प्राय कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर फिचर छन् ।
सार्वजनिक गीत नेपाली दर्शक श्रोताका लागि विभिन्न रमाइलो जमघटका लागि नृत्यप्रधान हुने पक्का छ । नेपाली सिनेमामा लामो समयपछि यस्तो धमाकेदार गीत आएको हो जसमा आमा, बुबा, काका, काकी, दाजु, दिदी, भाई, दिदी–बहिनी सबैसँगै नाच्न सकिन्छ । गीतको भिडियोमा सवै कलाकारलाई सटिक तरिकाले प्रयोग गरिएको छ । जसले मज्जाको फ्युजन नृत्यको माहोल बनाएको छ । यो गीत सकारात्मक उर्जा भर्ने किसिमले बनेको छ ।
निर्माण पक्षले यो गीत नेपालीहरुको हरेक खुशीका जमघटको प्रिय गीत बन्ने विश्वास लिएको छ । ‘हर्ष’ सिनेमालाई प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन् ।
सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ,विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी निर्देशक पौडेलले यो सिनेमाबाट स्व रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा राखिएको छ ।
निर्देशक पौडेल न्यूयोर्क सिनेमा एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।
‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहेका छन् ।
गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।
काठमाडौं – असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन्।
चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन्। बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ‘बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ। त्यसै गरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ।
देशभरका अन्य हलहरूमा पनि उच्च सङ्ख्यामा शो प्राप्त भएको छ। समाचार तयार पार्दासम्म करिब २ सय शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३ सयसम्म पुग्न सक्ने वितरकको भनाइ छ। अग्रिम टिकट खुल्ने बित्तिकै कतिपय हलमा दर्शकले व्यापक रूपमा टिकट खरिद गरिरहेको देखिएको छ।
यसअघि सार्वजनिक गरिएको पोस्टर, प्रि-टिजर, टिजर, गीत र ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ ठुलो उत्सुकता पैदा गरिसकेको छ। निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार, ‘बलिदान’ केवल मनोरञ्जनको साधन मात्र नभई देशप्रतिको कर्तव्य बोध र आमाप्रतिको माया–ममताको प्रतीक हो। उनका शब्दमा, “चलचित्रले दर्शकलाई जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ।”
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन्।
देशभर शो सङ्ख्या तीव्र गतिमा बढिरहेको र दर्शकको चासो उच्च भएकाले चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं ,
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ।पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरो देखि हिरो सम्मको भनेर लेखिएको छ । पोस्टरबाट सजिलै बुझ्न सकिन अशोक दर्जीको हिजो देखि आज सम्मको कथा चलचित्रले बोल्नेछ ।
चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गते बाट प्रदर्शनमा आउदैछ । चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।
काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेन ले तयार पारेको बहु प्रतीक्षित चलचित्र बलिदान को बुकिगं खुल्ला भएको छ ।
बुकिगं खुल्ला भएको केही समयमै देश का केही हल हरु भने हावस फुल हुन लागेका छन ।धनगढी sts सिनेमा का ४ सो नै बुकिगं भएको एकहप्ता अगाडी नै हाउसफुल हुन लागेको छ भने अन्य हलहरुमा पनी सो संख्या बढाउनुका साथै बुकिगं पनी राम्रो देखीएको छ । यो संगै १३ गते सम्म मा बलिदान का अधिकासं सो हरु हावसफुल हुने निमार्ण पक्ष को दाबि रहेको छ ।
देश र जनताको आवाज माटो को कथा समेटिएको बलिदान को पोस्टर , टिजर ,ट्रेलर र गित ले निकै चर्चा पाएको थियो ।बलिदान संगै अन्य २ चलचित्र पनी संगै रिलिज हुदै छन ।
सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउदै छ ।फिल्म काफिया फिल्म ले बितरण गर्दै छ ।
काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यस चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।
“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो,” निर्देशक सेनले बताए, “चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।”
सेनले ‘बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, “हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई चलचित्रमा समेटिएको छ। चलचित्र हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”
गत शुक्रवार सार्वजनिक गरिएको ‘बलिदान’को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा व्यापक चर्चा ल्याएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको चलचित्रले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित दमदार संवाद प्रस्तुत गरेका छन्। सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्च स्तरमा पुर्याएको छ। यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ। सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ।
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन्। उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।
काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ।
यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। निर्माणपक्षले भने कथाबारे केही कुरा खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ। जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्त्वलाई जोड दिएको आँकलन गर्न सकिन्छ।
यो फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। नीर शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको फिल्म हुने समेत अपेक्षा गर्न सकिन्छ।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले परानको निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले बताए। दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। निर्देशक दिपक आचार्यको शब्द, रिदम कँडेलको सङ्गीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्।
फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन् । फिल्ममा शिवराम श्रेष्ठको डीओपी र मित्र डी. गुरूङको सम्पादन छ। फिल्ममा कोरियोग्राफी सुनिल क्षेत्रीको छ । ‘परान’ दसैं र तिहारलगत्तै कार्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। निर्माण टिमले आगामी फुलपातीको अघिल्लो दिन आइतबार फिल्ममा समावेश एक गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।
राज बहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।
यो सिनेमाको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए । पशुपति आर्यघाटमा छायांकन गरिएको सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक साने बताउँछन् ।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माता रहेको सिनेमालाई दिव्यराज सुवेदीले खिच्नेछन् । दिव्यलाई छायांकनमा सह छायांकारको रुपमा प्रवीन सुवेदीले सघाउनेछन् । सिनेमाका मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन् ।
काठमाडौं आसपासमा छायांकन गरिने सिनेमामा मुकुन, श्रीकृष्ठ, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाको सम्पुर्ण प्रोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।