“कमेडी कि कडा यथार्थ ? ‘गोबर गणेश’को गीतले उठायो पढाइको प्रश्न”

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।

क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।

गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

शिशिर ठटालको नयाँ गीत ‘धुन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, पुस ६ — गायक तथा मेरो भ्वाइस युनिभर्स पहिलो सिजनका उपविजेता शिशिर ठटालको नयाँ गीत ‘धुन’ सार्वजनिक गरिएको छ। मेरो भ्वाइस युनिभर्सको मञ्चबाट दर्शकको मन जित्न सफल सिक्किमका शिशिर ठटाल यसअघि ‘मन रागिनी’ र ‘मायाको रंग’ जस्ता गीतमार्फत लोकप्रियता हासिल गरिसकेका छन्।


यसपटक उनी ‘धुन’ शीर्षकको गीत लिएर सांगीतिक बजारमा आएका हुन्। गीतमा शिशिर ठटाललाई गायिका रेनुका सुब्बाले स्वरमा साथ दिएकी छन्। उक्त गीतका शब्द, संगीत तथा कम्पोज स्वयं शिशिर ठटालकै रहेको छ।
गीतको म्युजिक प्रोडक्सन फसिल स्टुडियो, काठमाडौँमा गरिएको हो। अडियो मिक्सिङ, मास्टरिङ तथा एडिसनल अडियो डिजाइनको जिम्मेवारी निविर एक्सले सम्हालेका छन्।
भिडियोतर्फ हेर्दा, यसको कन्सेप्ट गायिका रेनुका लिम्बुको रहेको छ। भिडियोमा दीपेश तामाङ, सञ्जिवनी राई मुख्य कलाकारका रूपमा देखिएका छन्, जहाँ उनीहरूको उत्कृष्ट केमेस्ट्री दर्शकले अनुभव गर्न सक्छन्।
फिल्मिङ्गो स्टुडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन मोसिन क्षेत्रीले गरेका हुन्। गीतमा लगानी भने अमोन राईको रहेको छ।

भिडीयो –

‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै बिनाको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर

काठमाडौँ।  देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर चलचित्र हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो।

बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस फिल्मको ‘ह्याप्पी बर्थडे’ गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेन्ज सबै टंक बुढाथोकीकै हुन्।

निर्माता तथा निर्देशक बुढाथोकीका अनुसार “जन्मदिनलाई विशेष बनाउन दर्शकलाई हाम्रो तर्फबाट सानो उपहार” स्वरूप टिकट रकम फिर्ता गरिने हो। जन्मदिन पर्ने दर्शकले हलबाट टिकट काटेर चलचित्र हेरेपछि टिमलाई सम्पर्क गर्दा रकम फिर्ता पाउनेछन्।

 

लगातार सफल प्रदर्शनमा रहेको ‘मन बिनको धन’ले २० दिनमै तीन करोड ६० लाखभन्दा बढी व्यापार गरिसकेको निर्माण टिमले जनाएको छ। चलचित्रलाई देशभर सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। विशेषगरी विद्यालयहरू आफ्ना विद्यार्थीलाई लिएर हलसम्म पुगिरहेका दृश्यहरू चर्चित बनेका छन्।

गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र शिक्षाको महत्वलाई समेटेको कथाले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिन्छ। कलाकार अशोक दर्जीको वास्तविक जीवन घटनामा आधारित फिल्म हेरेपछि दर्शकले उनलाई अँगालो हालेर रुने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। स्कुले विद्यार्थीदेखि अभिभावक, युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेरका दर्शक हलतिर आकर्षित भएका छन्। सअघि नै निर्माण टिमले देशभरका विद्यालयका विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको थियो।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको दमदार अभिनय छ।

टंक बुढाथोकीले लेखेको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन्। जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्मातामा रहेका छन्। फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन समावेश छ।

चलचित्र ‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ, कात्तिक २६ 

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समाबेश “बा आमा ” बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।

देशैभरिका हलमा प्रदर्शन भईरहेको ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।

हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।

चलचित्रका कलाकारहरु राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् ।पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ । हरेक सोमा दर्शकको हाउसफुल उपस्थिति रहेको छ ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा,शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक: पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा

काठमाडौं – भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ।

ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता-पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। बिछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ। गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ।

उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको छ भने उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउस ले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

चलचित्र ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ। नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

भाइटीकाको उपहार बने ‘वरिष्ठ वलराम’, पहिलो दिनदेखि हाउसफुल प्रदर्शन

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । दयाहाङ राई र विजय बराल स्टारर चलचित्र देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो ।

दयाहाङ र विजयको घम्साघम्सी रहेको चलचित्र हेर्न आज बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् ।

दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् ।

‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।

चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।

गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।

‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको चलचित्र हो। यसको निर्देशन उदिप राणा थापाले गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको यस चलचित्रमा निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेको छ। चलचित्रमा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, र पप्पु विश्वकर्मालगायतका कलाकारको अभिनय समावेश छ। अभिनेत्री वर्षा राउतले विशेष केमियो भूमिकामा देखिनेछिन्।

छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
https://youtu.be/kR8uICILNhA?si=SPT2ovGuyHersg_Y

चलचित्र ‘वरिष्ठ बलराम’ मा समावेश ‘न्याउली वनैमा’ गीतले टिकटक र युट्युबमा तहल्का मच्चाउदै ।

भाइटीकाको दिन अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ अहिले चर्चा र अपेक्षाको केन्द्रमा रहेको छ। चलचित्रमा समावेश ‘न्याउली वनैमा’ गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ।

रिलिज भएको मात्र दुई हप्तामै ५ मिलियनभन्दा बढी दर्शकले गीत हेरेर माया दर्शाएका छन् भने ग्रामीण सौन्दर्य, भावनात्मक कथा र मन छुने शब्द, सङ्गीतले दर्शकलाई गीतसँग जोडिएको महसुस गराएको छ। गीतका दृश्यमा विजय बरालको प्रभावशाली उपस्थिति देख्न सकिन्छ, जसले चलचित्रको भावनात्मक पक्षलाई अझ बलियो बनाएको छ।

चलचित्र ‘वरिष्ठ बलराम’ प्रतिष्ठा, संघर्ष र समाजमा सम्मान खोज्ने पात्रहरूको कथा हो जसमा निर्देशकले भनेका छन्, “न्याउली  वनैमा हाम्रो कथाको आत्मा हो  यो गीतले बलरामको भावनालाई जिवित बनाउँछ।”

दर्शकबाट प्राप्त भएको माया र समर्थन दिनुभएकोमा निर्माण टिमले धन्यवाद व्यक्त गर्दै दर्शकलाई चलचित्र रिलिजमा पनि यस्तै साथ र उत्साह सहितको दाबी गरेका छन ।

सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल,पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानी छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

गित :

 

भाइटिकाको दिन रिलिज हुने चलचित्र ‘सोल्टिनी’ले नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक

काठमाडौं – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ।

गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।

‘नौलाख तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडियोमा पनि ती भावनात्मक उतार–चढाव स्पष्ट देखिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ।

‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न रहेको छ। इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताए।

टिकटकमा र युटुबमा हिट बन्दै वरिस्ठ बलाराम फिल्म को गित न्याउली बनैमा

काठमाडौं । दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको सिनेमा ‘वरिष्ठ बलराम’को गीत यतिबेला सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ ।

‘न्यौली बनैमा…’ बोलको गीत दर्शकको मन जित्दै टिकटकलगायत सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको लय पूर्वी नेपालको लोकलय र मध्य नेपालको लोक लयको सेरोफेरोमा छ । पूर्वी र मध्य नेपालको लोकलय पक्रिएर त्यसमा संगीतकारले आफ्नो सिर्जनशिलता मिसाउँदा गीत मिठो बनेको छ ।

प्रशान्त शिवाकोटी र शान्तीश्री परियारको स्वर रहेको गीतमा स्थानीय माटो र जनजीवनका शब्द मिसिदा त्यसैलाई दर्शकले मन पराएको देखिएको छ ।

गीतलाई उकास्न गीतको लय र शब्दमा रहेको मिठासमा भिडियोले थप बल पु¥याएको छ । भिडियोमा देखिएका कलाकार विजय बराल यस्तो नृत्यका लागि पुरानो अनुहार होइनन् । ‘जनै हराएको बाहुन’लगायत केही चलचित्रमा उनको नृत्य रहे पनि टाइम र स्पेसका हिसाबले यसमा उनले धेरै स्थान पाएका छन् । आफूले पाएको समयमा उनले गरेको नृत्य राम्रो हुँदा दर्शकले मन पराएका छन् ।

अभिनयमा खारिएका र दर्शकले पत्याएका उनले नृत्यमा पनि आफू उत्तिकै राम्रो रहेको यो गीतबाट प्रमाणित गर्दा गीत अहिले टिकटकमा केही क्लिप्समा मात्रै होइन युट्युबमा पनि हिट भइरहेको छ ।

समृद्धि अर्याल पनि नृत्य हेर्दाहेर्दा दिक्क लाग्दो अनुहार होइन । त्यसैले फ्रेस कलाकारको राम्रो नृत्यले पनि दर्शकको मन जित्दा ‘न्यौली बनेमा’ अहिले लोकप्रिय भइरहेको छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानी छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।