Category: रोचक जानकारी
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
काठमाडौं – गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।
लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन्। चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।
नेपालकै प्रमुख पर्व तिहारको माहौलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ। ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्याउँदै आएको छ, र ‘१२ गाउँ’ को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ। सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।
‘१२ गाउँ’ हेर्ने लिङ्क: https://cinemaghar.app/
‘डिल डे’मा ‘बलिदान’को रफ्तार बढ्यो, बुधवार धेरै हल हाउसफुल
काठमाडौं – दसैँपछि पनि नेपाली चलचित्र ‘बलिदान’को लोकप्रियता घट्ने सङ्केत देखिएको छैन। बुधवारको ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुट योजनासँगै चलचित्रले देशभरका अधिकांश सिनेमा हलहरूमा हाउसफुल प्रदर्शन गरिरहेको छ।

देशका प्रमुख मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा, बिग मुभिज, एफक्युब सिनेमा र वन सिनेमा लगायतमा बुधवार दर्शकको भीड उल्लेखनीय रहेको हल व्यवस्थापकहरूले बताएका छन्। वितरकका अनुसार, बुधवारको धेरै शो प्रायः अघिबाटै बुक भइसकेका थिए। वितरक र हल सञ्चालकहरूले काठमाडौंसहित धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापा सम्मका हलहरूमा राम्रो व्यापार भइरहेको जनाएका छन्।

समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढा, कविता राय लगायतको अभिनय रहेको यो चलचित्रमा आमा–छोराको प्रेम, त्याग र देश प्रेमको कथा प्रस्तुत गरिएको छ। दर्शकहरूले चलचित्रलाई भावनात्मक, यथार्थपरक र मनोरञ्जनात्मक मिश्रण भएको भन्दै प्रशंसा गरिरहेका छन्।
हप्ताभर हलमा दर्शक भेट्न पुगेका कलाकार र निर्माण टोलीले बुधवारको भीडलाई ‘बलिदान’प्रतिको विश्वास रहेको बताए। दर्शकहरू छुटको दिन पर्खेर हलतर्फ ओइरिँदा दोस्रो हप्ता सुरु भइसके पनि देशभर ‘बलिदान’को माग नघटेको प्रमाणित भएको निर्देशक सन्तोष सेनले बताए। उनले थपे, “दर्शकले मिहिनेतको कदर गरेर हल भरिदिँदा ऊर्जा दोब्बर हुन्छ। यो रफ्तार कायम रहनेमा विश्वस्त छु।”
‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
सन्तोष सेन मेरो समयमा आइदिएका भए म पनि एक्सन हिरो हुन्थेँ : क्याप्टेन विजय लामा
काठमाडौं – वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन्।

सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदा

निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्

समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए। “बिराज बिराज नै हो, समी
यसैबीच, चलचित्रकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू निकै भाव विह्वल भएको बताइन्। उनले समीर भट्टकी आमाको भूमिकामा गरेको अभिनयले दर्शकसँग गहिरो सम्बन्ध स्थापित गरेको बताइन्। “मेरा भूमिकासँग धेरै
सन्तोष सेन निर्देशित ‘बलिदान’ बडादसैँको अवसरमा फूलपातीबाट प्रदर्शनमा आएको हो। हाल दोस्रो हप्तामा पनि देशभर करिब १ सय ३० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारेको वितरकहरूले जनाएका छन्।
अभिनेता समीर भट्टको दमदार एक्सन र अभिनयको प्रशंसा गर्दै दर्शकहरूले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरिरहेका छन्। आमा–छोराबीचको प्रेम र त्यागमा आधारित कथाले दर्शकको हृदय छोएको बताइएको छ।
‘आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
“दर्शकको माया संगै ‘बलिदान’ अब लामो रेसको घोडा – हलहरूमा भावनाको बाढी”
काठमाडौं। नेपाली चलचित्र ‘बलिदान’ ले देशभरका हलहरूमा सातौं हप्ता पूरा गर्दै पनि दर्शकको माया र साथ यथावत् राख्न सफल भएको छ। वडादशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आएको यो चलचित्रले कथा, अभिनय र देशप्रेमले भरिएको प्रस्तुतीका कारण सबैको मन जित्दैछ।

हलमा पुग्ने अधिकांश दर्शकले चलचित्रको कथा र एक्सनलाई अत्यन्त मन परेको प्रतिक्रिया दिएका छन्। समीर भट्टलाई भेट्न हलसम्म पुग्ने दर्शकहरू सेल्फी लिँदै भावुक हुने, र कतिपय त काखमा समाएर रुनसम्म पुगेका छन्। चलचित्रको कथा, संवाद र अभिनयले धेरैको मन छोएको दर्शकहरूले बताएका छन्।

निर्माता प्रेम पुरी ले पछिल्लो समयमा पैसा लिएर नकारात्मक टिप्पणी गर्नेहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने,
“फिल्म नहेरी नराम्रो भन्नेलाई कृपया हलमा गएर ‘बलिदान’ हेरेर मात्र प्रतिक्रिया दिनुहोस्।”
त्यस्तै, निर्देशक सन्तोष सेन ले पनि आत्मविश्वासका साथ भने,
“यदि फिल्म नराम्रो लाग्यो भने म पैसा फिर्ता गर्न तयार छु।”
दर्शकहरूका अनुसार ‘बलिदान’ ले नेपालको पछिल्लो जेनेरेसन आन्दोलन, देश र जनताको भावना तथा माटोको कथा सशक्त रूपमा प्रस्तुत गरेको छ। यसैले यो चलचित्र लामो रेसको घोडा बन्ने संकेत देखिएको छ।

चलचित्रका पोस्टर, टिजर, ट्रेलर र गीतले रिलिजअघि नै ठूलो चर्चा पाएका थिए। ‘बलिदान’ सँगै अन्य दुई नेपाली चलचित्र पनि प्रदर्शनमा आएका छन्, तर दर्शकहरूको आकर्षण भने ‘बलिदान’ तिरै केन्द्रित देखिएको छ।

आसुसेन फिल्म्स प्रालि को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिष्ट, कार्यकारी निर्माता प्रेम पुरीहुन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक स्वयं सन्तोष सेन को दमदार अभिनय देख्न सकिन्छ।

चलचित्रको वितरण काफिया फिल्म र कुबेर फिल्म ले संयुक्त रूपमा गरिरहेका छन्।

बाढी र पहिरोको जोखिमका अग्रिम टिकट काटेर सिनेमा हेर्न जान नसक्नेको पैसा फिर्ता हुने ।
काठमाडौं । बाढी र पहिरोको जोखिमका अग्रिम टिकट काटेर सिनेमा हेर्न जान नसक्नेको पैसा फिर्ता हुने भएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पैसा तिरेर सिनेमा हेर्न हल जान नसक्नेहरूको पैसा फिर्ता गर्ने भएको हो ।

क्यूएफएक्सले एक सूचना जारी गर्दै सबैभन्दा पहिला आफू सुरक्षित रहन भनेको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिइएको क्यूएफएक्सले जनाएको छ ।

‘हामी आशा गर्छौं तपाईं र तपाईंका प्रियजनहरू सुरक्षित हुनुहुन्छ । नदीको पानीको सतह बढेको कारण केही क्षेत्रहरू बाढीबाट प्रभावित भएका छन् । तपाईंको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,’ क्यूएफएक्सले भनेको छ, ‘यदि, तपाईं सिनेमाघरहरूमा जान सक्नुहुन्न भने तपाईंको टिकटको पूर्ण रकम फिर्ता गरिनेछ ।’
सरकारले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै भोलि र पर्सि बिदा दिने निर्णय गरेको छ ।
दर्शकको उत्साहले भरियो ‘बलिदान’, ‘मास इन्टरटेनिङ’को नयाँ स्तरमा नेपाली चलचित्र


चलचित्र ‘बलिदान’लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने
काठमाडौं – आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी PG श्रेणीमा पार्ने निर्णय गरेको हो।

सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यका
‘बलिदान’को अग्रिम टिकट बिक्री आक्रामक, देशभर शो सङ्ख्या बढ्दै
चलचित्र बलिदान को टिकट बुकिंग खुल्ला ,खुल्ला भएको केही समयमै केही हल हरु हावसफुल ।
काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेन ले तयार पारेको बहु प्रतीक्षित चलचित्र बलिदान को बुकिगं खुल्ला भएको छ ।
बुकिगं खुल्ला भएको केही समयमै देश का केही हल हरु भने हावस फुल हुन लागेका छन ।धनगढी sts सिनेमा का ४ सो नै बुकिगं भएको एकहप्ता अगाडी नै हाउसफुल हुन लागेको छ भने अन्य हलहरुमा पनी सो संख्या बढाउनुका साथै बुकिगं पनी राम्रो देखीएको छ । यो संगै १३ गते सम्म मा बलिदान का अधिकासं सो हरु हावसफुल हुने निमार्ण पक्ष को दाबि रहेको छ ।

देश र जनताको आवाज माटो को कथा समेटिएको बलिदान को पोस्टर , टिजर ,ट्रेलर र गित ले निकै चर्चा पाएको थियो ।बलिदान संगै अन्य २ चलचित्र पनी संगै रिलिज हुदै छन ।

सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउदै छ ।फिल्म काफिया फिल्म ले बितरण गर्दै छ ।


