दर्शकको उत्साहले भरियो ‘बलिदान’, ‘मास इन्टरटेनिङ’को नयाँ स्तरमा नेपाली चलचित्र

काठमाडौं – बडादसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले रिलिजसँगै दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिनमै हलहरू खचाखच भरिएका थिए भने दोस्रो दिन पनि त्यस्तै दर्शक चापसहित प्रदर्शन निरन्तर रहेको छ। काठमाडौंदेखि बाहिरी जिल्लासम्म हलभित्रको माहौल दर्शकको हुटिङ, ताली र उत्साहले ‘मास इन्टरटेनिङ’ अनुभव दिलाएको छ।
चलचित्र हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने चलचित्र पहिलो पटक बनेको महसुस गरेको बताए। कतिपय दर्शकलाई चलचित्रभरि आमा र छोराबीचको प्रेम र त्यागको कथाले गहिरो भावनात्मक असर पारेको छ। धेरैलाई अन्त्यसम्म कहिले आँसु झर्‍यो भन्ने थाहा नै भएन। कोही–कोही दर्शकले चलचित्रले अहिलेको देशको यथार्थपरक परिस्थितिलाई अघि नै लेखेर पर्दामा उतारेको रहेछ भन्ने अनुभव सुनाए।
प्रमुख अभिनेता समीर भट्टको अभिनय र एक्सन दुवैलाई दर्शकले निकै दमदार भनेका छन्। कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा पनि चित्रण गरे। अर्का दर्शकहरूले भने सम्पूर्ण कलाकारहरूको अभिनयले चलचित्रलाई अझ बलियो बनाएको उल्लेख गरेका छन्। त्यस्तै, धेरैले चलचित्रको कथा र प्रस्तुतीकरण यति सशक्त लागेको भन्दै ‘बलिदान’को दोस्रो भाग पनि बन्नुपर्ने चाहना प्रकट गरेका छन्। धेरै युवाहरूले चलचित्रले देशप्रेमको बारेमा आफूलाई ‘मोटिभेसन’ दिएको समेत बताएका छन्।
हाल यो चलचित्र २ सय ५० भन्दा बढी शो सङ्ख्यासहित देशभर प्रदर्शन भइरहेको छ। काठमाडौंका विभिन्न हलमा निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी र पवन बिस्ट, साथै कलाकार समीर भट्ट, ऋचा शर्मा, प्रजल दुलाललगायत उपस्थित भई प्रत्यक्ष दर्शकसँग भेटघाट गरिरहेका छन्। उनीहरूले दर्शकको उत्साह र प्रतिक्रियालाई चलचित्रको ठुलो उपलब्धि बताएका छन्।
‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, आदिवासीमाझ देखिए समीर

काठमाडौं – आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएकाछन् भने शब्द हर्क साउदको रहेको छ।

भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।

यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।

निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।

गित

चलचित्र ‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

काठमाडौं – हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ।

लाइभ भर्सनमै चर्चित बनेको गीतमा हालसम्म डेढ लाखभन्दा धेरै टिकटक बनिसकेको छ भने युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी भ्युज हासिल गरिसकेको छ। विशेष गरी ‘जेन-जी’ पुस्ताका युवा–युवतीहरूले यस गीतलाई उत्साहपूर्वक टिकटकमा प्रयोग गरिरहेका छन्। चलचित्रको स्टुडियो रेकर्ड भर्सन भने चलचित्र रिलिजसँगै मात्र सार्वजनिक गरिनेछ। यो गीत चलचित्र ‘कुमारी’को प्रमुख गीत मध्ये एक हो।

निर्देशक दिनेश राउतले हालसम्म चलचित्रको ५० प्रतिशत छायाङ्कन सकिएको जानकारी दिएका छन्। उनका अनुसार, गीतको अप्रत्याशित लोकप्रियताले चलचित्रप्रति निर्माण टिमलाई अझै बढी आत्मविश्वासी बनाएको छ।

यसअघि काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरी चलचित्र ‘कुमारी’ को घोषणा गरिएको थियो। सो अवसरमा मुख्य कलाकारको रूपमा अबिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरिएको थियो। दुवै कलाकार यसै चलचित्रमार्फत प्रमुख भूमिकामा डेब्यु गर्दैछन्।

चलचित्रमा अबिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारको पनि अभिनय रहनेछ। चलचित्रको निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरिरहेको छ भने निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसमा सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहेको छ।

चलचित्रमा चार वटा गीत रहनेछन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिनेछन् भने सङ्गीतमा केहर सिंह लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान रहनेछ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

‘कुमारी’ यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ।

सिनेमाघरको ‘दसैँ–तिहार मुभी मेला’, पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो र फेरी रेशम फिलिली घरमै हेर्न पाइने

काठमाडौं – यस पटकको बडा दसैँ तथा तिहारको अवसरमा नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि खुसीको खबर छ। नेपालीहरूको महान् पर्वहरू  दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ-तिहार मुभी मेला’ सार्वजनिक गरेको छ, जसमा अहिलेका चर्चित नेपाली चलचित्रहरू ‘पिताम्बर,’ ‘गाउँ आएको बाटो,’ ‘होस्टेल ३,’ र ‘फेरी रेशम फिलिली’ रिलिज भएका छन्।

विभिन्न शैली र कथावस्तु समेटिएका यी चलचित्र दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइएका हुन् । दर्शकले यी चलचित्रहरू गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा ‘सिनेमाघर एप’ डाउनलोड गरी तथा क्रोमकास्ट गरी सहजै हेर्न सक्नेछन् । साथै, वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमा समेत हेर्न सकिने बताइएको छ।

नेपालकै प्रमुख चाडपर्व दसैँ–तिहारको माहौललाई अझ रमाइलो बनाउन गरिएको यो पहलले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्ममा थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।

चलचित्र ‘बलिदान’लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने

काठमाडौं – आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी PG श्रेणीमा पार्ने निर्णय गरेको हो।

सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। ‘बलिदान’लाई दसैँ पर्वमा पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा

काठमाडौं । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ ।
दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ ।
‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका नीरज भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने हाम्रो अभिप्राय छ । प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’
हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।

पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’को नयां गीत रिलिज

काठमान्डौ मंसिर  १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।

सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।

आलोक शुक्लाले खिचेको गीतमा सिनेमाका प्राय कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर फिचर छन् ।

सार्वजनिक गीत नेपाली दर्शक श्रोताका लागि विभिन्न रमाइलो जमघटका लागि नृत्यप्रधान हुने पक्का छ । नेपाली सिनेमामा लामो समयपछि यस्तो धमाकेदार गीत आएको हो जसमा आमा, बुबा, काका, काकी, दाजु, दिदी, भाई, दिदी–बहिनी सबैसँगै नाच्न सकिन्छ । गीतको भिडियोमा सवै कलाकारलाई सटिक तरिकाले प्रयोग गरिएको छ । जसले मज्जाको फ्युजन नृत्यको माहोल बनाएको छ । यो गीत सकारात्मक उर्जा भर्ने किसिमले बनेको छ ।

निर्माण पक्षले यो गीत नेपालीहरुको हरेक खुशीका जमघटको प्रिय गीत बन्ने विश्वास लिएको छ । ‘हर्ष’ सिनेमालाई प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन् ।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ,विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी रहेकी निर्देशक पौडेलले यो सिनेमाबाट स्व रेग्मीको विरासतलाई सशक्त निरन्तरता दिने अपेक्षा राखिएको छ ।

निर्देशक पौडेल न्यूयोर्क सिनेमा एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन् । सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । पौडेलले आफु र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।

‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ । सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहेका छन् ।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

‘बलिदान’को अग्रिम टिकट बिक्री आक्रामक, देशभर शो सङ्ख्या बढ्दै

काठमाडौं – असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन्।
चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन्। बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ‘बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ। त्यसै गरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ।
देशभरका अन्य हलहरूमा पनि उच्च सङ्ख्यामा शो प्राप्त भएको छ। समाचार तयार पार्दासम्म करिब २ सय शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३ सयसम्म पुग्न सक्ने वितरकको भनाइ छ। अग्रिम टिकट खुल्ने बित्तिकै कतिपय हलमा दर्शकले व्यापक रूपमा टिकट खरिद गरिरहेको देखिएको छ।
यसअघि सार्वजनिक गरिएको पोस्टर, प्रि-टिजर, टिजर, गीत र ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ ठुलो उत्सुकता पैदा गरिसकेको छ। निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार, ‘बलिदान’ केवल मनोरञ्जनको साधन मात्र नभई देशप्रतिको कर्तव्य बोध र आमाप्रतिको माया–ममताको प्रतीक हो। उनका शब्दमा, “चलचित्रले दर्शकलाई जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ।”
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन्।
देशभर शो सङ्ख्या तीव्र गतिमा बढिरहेको र दर्शकको चासो उच्च भएकाले चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।

चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक, मुख्य कलाकार अशोक दर्जी

काठमाडौं ,
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ।पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरो देखि हिरो सम्मको भनेर लेखिएको छ । पोस्टरबाट सजिलै बुझ्न सकिन अशोक दर्जीको हिजो देखि आज सम्मको कथा चलचित्रले बोल्नेछ ।

चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गते बाट प्रदर्शनमा आउदैछ । चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

चलचित्र बलिदान को टिकट बुकिंग खुल्ला ,खुल्ला भएको केही समयमै केही हल हरु हावसफुल ।

काठमाडौं निर्माता तथा निर्देशक सन्तोष सेन ले तयार पारेको बहु प्रतीक्षित चलचित्र बलिदान को बुकिगं खुल्ला भएको छ ।

बुकिगं खुल्ला भएको केही समयमै देश का केही हल हरु भने हावस फुल हुन लागेका छन ।धनगढी sts सिनेमा का ४ सो नै बुकिगं भएको एकहप्ता अगाडी नै हाउसफुल हुन लागेको छ भने अन्य हलहरुमा पनी सो संख्या बढाउनुका साथै बुकिगं पनी राम्रो देखीएको छ । यो संगै १३ गते सम्म मा बलिदान का अधिकासं सो हरु हावसफुल हुने निमार्ण पक्ष को दाबि रहेको छ ।

देश र जनताको आवाज माटो को कथा समेटिएको बलिदान को पोस्टर , टिजर ,ट्रेलर र गित ले निकै चर्चा पाएको थियो ।बलिदान संगै अन्य २ चलचित्र पनी संगै रिलिज हुदै छन ।

सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो सिनेमालाई वडादशैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउदै छ ।फिल्म काफिया फिल्म ले बितरण गर्दै छ ।