Author: Bhim Poudel
भाइटीकाको उपहार बने ‘वरिष्ठ वलराम’, पहिलो दिनदेखि हाउसफुल प्रदर्शन
काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । दयाहाङ राई र विजय बराल स्टारर चलचित्र देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो ।
दयाहाङ र विजयको घम्साघम्सी रहेको चलचित्र हेर्न आज बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् ।

दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् ।

‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।
‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
काठमाडौं – गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।
लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन्। चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।
नेपालकै प्रमुख पर्व तिहारको माहौलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ। ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्याउँदै आएको छ, र ‘१२ गाउँ’ को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ। सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।
‘१२ गाउँ’ हेर्ने लिङ्क: https://cinemaghar.app/
चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक
काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।
गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।
‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको चलचित्र हो। यसको निर्देशन उदिप राणा थापाले गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको यस चलचित्रमा निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।
चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेको छ। चलचित्रमा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, र पप्पु विश्वकर्मालगायतका कलाकारको अभिनय समावेश छ। अभिनेत्री वर्षा राउतले विशेष केमियो भूमिकामा देखिनेछिन्।
छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।
‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
https://youtu.be/kR8uICILNhA?si=SPT2ovGuyHersg_Y
चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं , असोज ३१
शुक्रबार बिहान निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन ।चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।
कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ मा निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।
चलचित्र ‘वरिष्ठ बलराम’ मा समावेश ‘न्याउली वनैमा’ गीतले टिकटक र युट्युबमा तहल्का मच्चाउदै ।
भाइटीकाको दिन अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ अहिले चर्चा र अपेक्षाको केन्द्रमा रहेको छ। चलचित्रमा समावेश ‘न्याउली वनैमा’ गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ।

रिलिज भएको मात्र दुई हप्तामै ५ मिलियनभन्दा बढी दर्शकले गीत हेरेर माया दर्शाएका छन् भने ग्रामीण सौन्दर्य, भावनात्मक कथा र मन छुने शब्द, सङ्गीतले दर्शकलाई गीतसँग जोडिएको महसुस गराएको छ। गीतका दृश्यमा विजय बरालको प्रभावशाली उपस्थिति देख्न सकिन्छ, जसले चलचित्रको भावनात्मक पक्षलाई अझ बलियो बनाएको छ।

चलचित्र ‘वरिष्ठ बलराम’ प्रतिष्ठा, संघर्ष र समाजमा सम्मान खोज्ने पात्रहरूको कथा हो जसमा निर्देशकले भनेका छन्, “न्याउली वनैमा हाम्रो कथाको आत्मा हो यो गीतले बलरामको भावनालाई जिवित बनाउँछ।”
दर्शकबाट प्राप्त भएको माया र समर्थन दिनुभएकोमा निर्माण टिमले धन्यवाद व्यक्त गर्दै दर्शकलाई चलचित्र रिलिजमा पनि यस्तै साथ र उत्साह सहितको दाबी गरेका छन ।
सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल,पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानी छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
गित :
चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक
काठमाडौं – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो।

ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ। कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ।

‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ।
भाइटिकाको दिन रिलिज हुने चलचित्र ‘सोल्टिनी’ले नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक
काठमाडौं – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली चलचित्र ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै चलचित्रको भावनात्मक कथावस्तु झल्किन्छ।

गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।

‘नौलाख तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडियोमा पनि ती भावनात्मक उतार–चढाव स्पष्ट देखिन्छ, जसले चलचित्रको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।
यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पा
‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक ,चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष
चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ ।
खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ ।

आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ ।


दयाहाङ अगाडिपछाडि केटा लगाएर रवाफका साथ हिँडिरहेको देखिने ट्रेलरमा विजय एक नवयौवना समृद्धि अर्यालको प्रेममा छन् ।

जात र कुल ठेगान नभएका विजयको चोला परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो लाग्न नदिने दयाहाङको ढिट ट्रेलरमा देख्न सकिन्छ । आफ्नो झोलामा खोला राखेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद आफू पनि लिन खोज्ने विजयको प्रयासलाई ट्रेलरमा समेटिएको छ ।
स्तर उकास्न खोज्ने र स्तर कायम राखिराख्न खोज्नेबीचको द्वन्द्व ट्रेलरमा रोचक देखिएको छ । ट्रेलरमा वरिष्ठको चरित्रमा दयाहाङ र बलरामको चरित्रमा विजय देखिएका छन् ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा
दसैँको फूलपातीमा एकै दिन रिलिज भएका तीनवटा सिनेमामा ‘बलिदान’ सबैभन्दा अगाडि देखिएको छ । बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा रहेको छ ।
चलचित्र विकास बोर्डले बुधबार आठ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डको बक्स अफिस रिपोर्ट अनुसार सबैभन्दा धेरै ‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।
यो बक्स अफिसमा जडान भएका हलको मात्रै तथ्यांक हो । सिंगल थिएटर र बक्स अफिसमा जडान नभएका हलको कलेक्सन भने बाहिर आएको छैन ।
बक्स अफिस कलेक्सनमा दोस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’ छ । यसले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ ।
तेस्रो स्थानमा रहेको ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी, सन्तोष सेन पनि मुख्य भूमिकामा छन् । सन्तोष सेनले निर्देशन गरेका छन् ।
‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दिपेन्द्र कुमार खनालले निर्देशन गरेका छन् ।

‘माइतीघर’मा धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् । मिलन तामाङले निर्देशन गरेका छन् । यी तीनवटा चलचित्र असोज १३ गते फूलपातीका दिन रिलिज भएका थिए ।

