Wed. Jan 22nd, 2025

काठमाडाैँ । झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भगवत् गीता’को विवाद टुंगोमा पुगेको छ । आइतबार चलचित्र विकास बोर्डमा निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच सहमति भएसँगै विवाद सुल्झिएको हो ।

उक्त सहमति अनुसार अब फिल्मको नाम परिवर्तन भएर ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ हुने भएको छ । त्यसैगरी, कथा भने सामाजिक राख्ने सहमति भएको बोर्डले जानकारी दिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का, कलाकार दीपकराज गिरी लगायतको उपस्थितिमा बोर्डमा धार्मिक सङ्घसंस्था निर्माण युनिटबीच सहमति भएको हो । सेन्सरको अनुमति नपाएर प्रदर्शन नै अन्याैलमा परेको फिल्म अब भने भदाै २९ गतेबाट नै प्रदर्शन हुने भएको छ ।

बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘ एक भगवत् गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग सहित फिल्म विरुद्ध बोर्डमा फिल्म विरूद्ध केही दिनअघि उजुरी दिएका थिए ।

फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply