Fri. Apr 19th, 2024

काठमाडाैँ । मेगास्टारको रूपमा चिनिएका नायक अनमोल केसीले माफी मागेका छन् । उनको पछिल्लो चलचित्र ‘२.० छड्के’ फ्लप भएपछि अनमोलले माफी मागेका हुन् ।

उनले पछिल्लो फिल्ममा परिपक्क हुनुपर्नेमा ठीक त्यसको विपरित हुन पुगेको समेत उल्लेख गरेका छन् ।

फेसबुकमा अनमोलले लेखेका छन्, ‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाईनै निराश बनाउँदा म झनै दुखी भएको छु । २.० छड्के मेरो नवौं सिनेमा थियो । नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्नेथियो । यहाँ म चुक्न पुगेँ ।’

उनले अब आगामी दिनमा दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् ।

‘यो समय पनि बितेर जान्छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु । दशौं सिनेमा दश पछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु । मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । मेरो करिअरको दोस्रो सत्रको सुरुआत मेरो अबको सिनेमाबाट हुनेछ ।’ उनले फेसबुकमा थपेका छन् ।

Leave a Reply

%d bloggers like this: