Wed. Apr 24th, 2024

काठमाडाैँ। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज क्रिकेटर लामिछाने राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको हो ।

अदालतको आदेशबारे जानकारी दिँदै प्रवक्ता विमल पौडेलले भने, “अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी भएको हुनाले विदेश जान रोक नलगाउनु, सम्बन्धित निकायलाई विदेश जान दिन दिलाउन लेखी पठाउन आदेशमा भनिएको छ ।”

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो । तर विदेश जान वञ्चित गरेको थियो । सर्वोच्च अदालतले विदेश जानका लागि बाटो खुला गरिदिएको छ । आदेशसँग अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो ।

उच्च अदालतकको आदेशपछि सन्दीप विरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । उक्त मुद्दामा आइतबार र सोमबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

Leave a Reply

%d bloggers like this: