कमल मान सिंहको ‘जिन्दगी’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ। कमल मान सिंहको ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ। केही दिन अघि उनकै अफिसियल युट्युब च्यालनबाट उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा सिंहकै शब्द र संगीत रहेको छ। गेन स्टुडियो २.० मा रेकर्ड गरिएको गीतमा निश्चल भट्टराइले प्राविधिक सहयोग गरेका छन्।

उक्त गीतको भिडियो सुन्दर प्राकृतिक दृश्यहरू आकर्षक तरिकामा देखाइएको छ। त्यस्तै, भिडियोमा पर्वत आरोही मिंग्मा डेबिड शेर्पालाई पनि फिचर गरिएको छ। त्यसैगरी, शहदेव चन्द, संज्ञा श्रेष्ठ, मिंग्मा शेर्पा पनि गीतको भिडियोमा फिचर्ड छन्।

कमल मान सिंहले नै निर्देशन गरेको भिडियोमा बिमल थापा, ब्रायन राई र निश्चल कुँवरले छायाँकन गरेका छन्। त्यस्तै, भिडियो सम्पादन भने विनय कंशाकरले गरेका छन्।

 

Leave a Reply

Back To Top