Wed. Apr 24th, 2024

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानी’को बोलको गीत सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर उक्त सिनेमाको यो दोश्रो गीत हो।

गीतको भिडियो साम्राज्ञीको ग्ल्यामर अन्दाज देखिएको छ। कलाकार पुष्प र सन्दीप क्षेत्रीले साम्राज्ञीलाइ साथ दिएका छन्।

योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी शाह/सारिका घिमिरेले स्वर भरेका छन्। रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको सिनेमामा सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन रहेको छ।

यो फिल्ममा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण रहेको फिल्मको रिलिज डेट पुष २९ गते रहेको छ।

यस फिल्मको यस अघि टिजर र  ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भइसकेको छ।

Leave a Reply

%d bloggers like this: