Fri. Mar 29th, 2024

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे । उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे । त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे ।

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ । यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो । दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

Leave a Reply

%d bloggers like this: