Thu. Apr 25th, 2024

एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफले सन् २०१४ बाट अभिनयको करियर सुरुवात गरे ।

फिल्म उद्योगमा आएको केही समयमा नै उनले आफ्नो पहिचान बनाइसकेका छन् । एक्सन र डान्सका कारण चर्चामा आइरहने यी अभिनेता सन् १९९७ मा रिलिज फिल्म ‘हिरो नम्बर १’ को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् ।

डेविड धवनको निर्देशनमा बनेको फिल्म ‘हिरो नम्बर १’ मा गोविन्दा र करिश्मा कपूर प्रमुख भूमिकामा थिए । यो फिल्मलाई दर्शकले निकै मनपराएका थिए ।

रिमेक भर्सको फिल्ममा जगन शक्तिको निर्देशन र जेकी भगनानीको निर्माण हुनेछ । ठूलो बजेटमा निर्माण हुने यो फिल्मको सुटिङका लागि निर्माताले समय तालिका तयार पारिसकेका छन् । फिल्मको सुटिङ सन् २०२३ मा सुरु हुनेछ ।

हाल यसको प्रि–प्रोडक्सनको काम भइरहेको छ । फिल्म युनिटले बाँकी कलाकारको नाम छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

टाइगरको कामको कुरा गर्दा उनी फिल्म ‘गणपत’, ‘रेम्बो’ र ‘बड़े मियाँ छोटे मियाँ’मा देखिँदैछन् । यसबाहेक उनी ‘मिसन लायन’ मा पनि देखिँदैछन् । टाइगर पछिल्लोपटक ‘हिरोपन्ती २’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा फ्लप साबित भएको थियो ।

Leave a Reply

%d bloggers like this: