प्रदर्शनको चाैथो हप्तामा ‘प्रेमगीत-३’

काठमाडाैँ।  प्रेमगीत-३ प्रदर्शनको चाैथो हप्तामा प्रवेश गरेको छ। विश्वभर विभिन्न भाषामा असोज ७ गतेबाट एक साथ प्रदर्शन भएको बहुप्रतिक्षित फिल्मले सफल प्रदर्शनको तेश्रो हप्ता पार गर्दै चाैथो हप्तामा लागेको हो।

यो फिल्म विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ चलेको थियो। यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन हुने पहिलो नेपाली  फिल्म हो। त्यस्तै, पाकिस्तानमा उर्दू भाषामा नै यो फिल्म रिलिज भएको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

भारत र नेपालका शोहरूमा यो फिल्मको टिकट रिलिजका केही दिन अघि नै सोल्ड आउट भइसकेको थियो। अहिले पनि हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ।

अहिलेसम्म यो फिल्मले विश्वभर ३५ करोड भन्दा बढीको व्यापार गरिसकेको छ।

Leave a Reply

Back To Top