Fri. Apr 19th, 2024

काठमाडाैँ। ऐतिहासिक फिल्म ‘प्रेमगीत-३’को कमाइ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार फिल्मको नेपाल र नेपालबाहिरको कमाइ सार्वजनिक गरेको हो।

जस अनुसार ‘प्रेमगीत-३’ले नेपालको पहिलो हप्ता ७ करोड ९६ लाख रूपैयाँ कमाइ गरेको थियो।

त्यस्तै, दोश्रो हप्ताको शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार ४० लाख र शुक्रबार ८२ लाख कमाइ गरेको थियो।

पहिलो हप्ता करीब ८ करोड कमाइ गरेको फिल्मले दोश्रो हप्ता नेपाली र हिन्दी भर्सनमा नै गरेर ३ करोड ८५ लाख कमाइ गरेको थियो।

त्यसैगरी, भारतमा यो फिल्मको पहिलो हप्ताको कमाइ ३ करोड ४४ लाख भारू रहेको थियो भने दोश्रो हप्तामा १ करोड ३२  लाख कमाइ गरेको छ।

त्यस्तै नेपाल र भारत बाहेक यो फिल्मले अन्य देशमा ६ करोड २१ लाख भारतीय रूपैयाँ पहिलो हप्तामा कमाइ गर्दा दोश्रो हप्तामा भने २ करोड ९३ लाखको व्यापार गर्न सफल भयो।

प्रदर्शनको दिनदेखि नै उल्लासपूर्ण व्यापार गरेको फिल्मको क्रेज अहिले पनि उस्तै छ। नेपाल-भारत सहित अन्य देशहरूमा पनि फिल्महलमा दर्शकहरूको घुइँचो देख्न सकिन्छ।

नेपालमा निर्माण भएर हिन्दी भाषामा नै प्रदर्शन हुने यो नै पहिलो फिल्म हो। विश्वभरका करीब १२ सय स्क्रिनमा एकै पटक यो फिल्म प्रदर्शन भएको थियो।

 

Leave a Reply

%d bloggers like this: