फिल्म ‘बाबरी’को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडाैँ । फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सुरेन्द्र पौडेलले निर्देशन गरेको उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ।

फिल्ममा धिरज, अदिती र धिरजसँगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङलगायत कलाकारको अभिनय छ। धिरज नाडकर यही फिल्मबाट डेब्यू गर्दैछन्। उनी अभिनेत्री तृप्ति नाडकरका छोरा हुन्।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

बाबरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निर्वाह गरेकी छन्।

याे फिल्म दसैंकाे अवसर पारेर असाेज १४ गतेदेखि प्रदर्शन हुनेछ।

Leave a Reply

Back To Top