Tue. Apr 23rd, 2024

काठमाडाैँ । फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक भएको छ । सौरभ ढकालको निर्देशन रहेको फिल्म निषेधाज्ञामा घरमा रहेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर सार्वजनिक गरिएको हो ।
अष्टनारायण पिक्चर्सका्े निर्माण रहेको फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफीख छ । मित्र डी गुरुङको सम्पादन र अर्जुनराज पौडेलको छायाँंकन फिल्ममा रहेको छ ।
बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो ।

Leave a Reply

%d bloggers like this: