एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी गराएकी छन् ।
‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो । आँखामा पनि जलन भइरहेको थियो । हिमाञ्चल जाने सोचमा थिए । त्यसैले परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ ।’, उनले भनेकी छिन् । उनी अहिले आइसोलेसनमा बसेकी छन् ।
उनले भनेकी छन, ‘मलाई थाहा थिएन कि कोरोनाले मेरो शरीरभित्र पार्टी गरिरहेको छ। अब मलाई थाहा भइसकेको छ । म यसलाई समाप्त पारिदिन्छु ।’
