Fri. Mar 29th, 2024

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ ।
प्रधानमन्त्री ओली रचना गरेको उक्त गीत उत्कृष्ट पाँच राष्ट्रिय भावको विधामा पर्न सफल भएको हो । आफ्नो गीत उत्कृष्ट पाँचभित्र पर्न सफल भएपछि प्रधानमन्त्री ओली सोको प्रमाणपत्र समेत लिएका छन् ।
उत्कृष्ट पाँच मध्येबाट एक गीतलाई केही समयपछि आयोजना हुने अवार्ड समारोहमा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले रचना गरेको उक्त गीतमा किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजन तथा मेलिना राई र शान्तिराम राईको स्वर र संगीत रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: